पशुपति क्षेत्रको विश्वरूप मन्दिर पुनःनिर्माण गर्न पुरातत्वको स्वीकृति

१३ कात्तिक ७७, शुक्रबार

१४ कात्तिक, काठमाडौं । २०७२ सालमा गएको भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रको विश्वरूप मन्दिर पुनःनिर्माणका लागि पुरातत्व विभागबाट ड्रइङ डिजाइन स्वीकृत भएको छ ।

विश्व सम्पदा सूचीमा सूचिकृत सांस्कृतिक सम्पदा पुनःनिर्माणका लागि विभागको स्वीकृति लिनुपर्ने प्राचीन स्मारक संंरक्षण ऐनले व्यवस्था गरेको छ ।

विभागबाट ड्रइङ डिजाइन स्वीकृत नभएको, बजेट व्यवस्थापन हुन नसकेको लगायतका कारण भत्किएको पाँच वर्षसम्म पनि विश्वरूप मन्दिर पुनःनिर्माण शुरु हुन सकेको थिएन ।

Advertisement

पशुपति क्षेत्र विकास कोषले चालु आर्थिक वर्षमा आन्तरिक स्रोतबाट विश्वरूप मन्दिर पुनःनिर्माण शुरु गर्न रु १० करोड बजेट विनियोजन गरेको छ । मन्दिरसहित वरिपरिको सत्तल पुनःनिर्माणका लागि रु ७० करोड बजेट लाग्ने अनुमान गरिएको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए । बहुवर्षीय योजनाअन्तर्गत आव २०७८र२०७९ सम्ममा मन्दिर क्षेत्रको पुनःनिर्माण सक्ने लक्ष्य कोषले लिएको छ ।

पुनःनिर्माणका लागि ठेक्काको प्रक्रिया शुरु भइसकेको कोषका निर्देशक भरत मरासिनीले बताए । यो महिनामै ठेक्का गर्न लागिएको उनले जानकारी दिए । विभागबाट स्वीकृति प्राप्त भए पनि लागत पूर्वानुमानको पुनःसमीक्षा भने जारी रहेको कोषले जनाएको छ ।

हनुमानढोकाको लायकू बहाल क्षेत्रमा बेवारिसे रहेको मूर्तिलाई जङ्गबहादुर राणाले आफ्नो शासनकालमा पशुपति क्षेत्रको मृगस्थलीमा स्थापना गरेको इतिहास छ । प्रतिमाशास्त्रका पुस्तकहरुमा विश्वरूपको वर्णन गर्दा ब्रह्मा, विष्णु र महेश्वरलगायत सबै देवता समाहित भएको उल्लेख गरिएको छ ।

धेरै बाहु, शिर, पाउ भएको विश्वरूप व्यापक र जन्म मृत्युको कारण भएको ती ग्रन्थमा उल्लेख छ । पुराणहरुमा शिव, विष्णु र ब्रह्मालगायत अरु देवीदेवताको पनि विशिष्ट र व्यापक स्वरूपलाई विश्वरूप भनी उल्लेख गरिएको छ ।

विष्णुको विश्वरूप स्वरूप लिच्छविकालदेखि नै नेपालमा प्रसिद्ध रहेको थियो । चाँगुनारायणमा विष्णुको विश्वरूप मूर्ति छ । गीतामा वर्णन गरिएअनुसार महाभारत युद्धमा कृष्णले अर्जुनलाई देखाएको स्वरूपकै आकार चाँगुमा रहेको कोषले प्रकाशन गरेको ‘पाशुपत क्षेत्रका सांस्कृतिक सम्पदा (मूर्त र अमूर्त)’ नामक ग्रन्थमा उल्लेख छ । चाँगु र मृगस्थली क्षेत्रमा रहेको विश्वरूप मन्दिरका बीच मेल नरहेको ग्रन्थमा उल्लेख गरिएको छ । यहाँको मन्दिरमा विश्वरूप र विश्वरूपा एवं कामेश्वर र कामेश्वरी आलिङ्गन गरिरहेको मुद्राको मूर्ति छ ।

मूर्तिमा शिव र शक्ति दुवैका धेरै हात एवं टाउको देखाइएका छन् । हातमा विभिन्न थरीका हतियार देखाइएको छ । मूर्तिको अघि श्रीयन्त्र राखिएको छ । श्रीयन्त्रमै पूजा आराधना हुने गरेको छ । प्रत्येक अष्टमीका दिन विश्वरूपाको विशेष पूजा गर्नुपर्ने विधान रहेको छ । बाह्र फिट अग्लो धातुका पाता जोडिएको विश्वरूपको मूर्ति छ ।

अर्को मतानुसार बौद्ध धर्मसँग सम्बन्धित सम्बर देवताको मूर्ति विश्वरूप मन्दिरमा राखिएको भन्ने भनाइ पनि छ । यसैले विश्वरूप मन्दिर हिन्दू र बौद्ध दुवै धर्मावलम्बीको समान आस्थाको केन्द्रका रुपमा रहेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top