९ असार, पाल्पा । पहिरोका कारण अवरुद्ध पाल्पाको तानसेन–रिडी सडकखण्ड मंगलबारबाट सुचारु भएको छ ।
सोमबार बेलुका गुडिरहेका ४ वटा सवारी–साधनलाई पहिरोले पुरेपछि अवरुद्ध सडक मंगलबारबाट सञ्चालनमा आएको हो ।
पहिरोमा परेर तीनजनाको मृत्यु भएको थियो । पहिरोले चारवटा सवारीसाधन पुरेको थियो । सवारीसाधनमा रहेका दुईजनाको घटनास्थलमा मृत्यु भएको थियो भने एकजनाको उपचारकाक्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा चितवनका ३३ वर्षीय वीरबहादुर गुरुङ, पाल्पाका २५ वर्षीय भुवन खाम्चा र काभ्रेका २८ वर्षीय निवेश श्रेष्ठ रहेका छन् ।
अविरल वर्षाका कारण खसेको पहिरोले सडकमा गुडिरहेका पानी ट्यांकर, ट्रक, पिकअप जिप र कार पुरिएको थियो । पहिरोमा अरु मानिस परेको आशंकामा खोजतलास भने जारी रहेको प्रहरीले जानकारी गराएको छ ।