काठमाडौँ : राजधाानी उपत्यकामा शृंखलाबद्ध पाकेटमारी र चोरीमा संलग्न ७७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका मध्ये केही माथि प्रहरीले गरेको अनुसन्धानबाट रोचक तथ्य फेला परेको छ ।
परिसरको हिरासतमा रहेका ७७ जना पक्राउ परेका परिसरकार प्रवक्ता डीएसपी होबीन्द्र बोगटीले जानकारी दिए ।
‘पक्राउमध्ये एउटा पाकेटमारको उठबस विदेशी महिलासँग देखियो । उनले यौनप्यास मेटाउन चोरीको पैसा खर्च गरेको भेटियो,’ परिसर प्रमुख लामाले भने, ‘पाकेट मारेको पैसा राजधानीकै नाम चलेका होटलमा गएर राति विदेशी र उच्च जीवनशैली भएका महिलासँग मस्ती गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।’,यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।