पुस्तकालय स्तरोन्नतीका लागि पुराण

१९ फागुन ७४, आइतबार

विराटनगर, फागुन २०
विराटनगर–१ स्थित विष्णुमाया सामुदायिक पुस्तकालयको स्तरोन्ती र सामुदायिक भवनको निर्माण पुरा गर्न सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको छ ।

महायज्ञ आयोजनाको पहिलो दिन झाँकीसहित कलशयात्रा निकालिएको छ । बिष्णुमाया पुस्तकालय भवन परिसरबाट निकालिएको कलशयात्राले भट्ठाचोक, शंकरचोक, जिल्ला प्रहरी कार्यालयबाट राधाकृष्ण स्कुल हुदै पोखरीयाको विभिन्न भागको परिक्रमा गरेको छ ।

कलशयात्रा पुस्तकालय भवन परिसरमा आयोजना गरिएको महायज्ञस्थलमा पुगेर समापन भएको थियो । कलशयात्रामा सप्ताह ज्ञान महायज्ञका कथा वाचक पण्डित योगेश बराहक्षेत्र, श्री मद्भागतवत सप्ताह ज्ञान महायज्ञ मुल आयोजक समितिका अध्यक्ष केशवप्रसाद गौतमसहित श्रद्धालु सर्वसाधारण र स्थानिय विद्यालयका विद्यार्थीको सहभागिता थियो ।

महायज्ञबाट संकलित रकमबाट बिष्णुमाया पुस्तकालयलाई बिद्युतिय पुस्तकालयमा रुपान्तरण गर्नुका साथै निर्माणाधिन सामुदायिक भवनलाई पुर्णता दिईने महायज्ञ प्रचारप्रसार उपसमितिका अध्यक्ष चन्द्र उपाध्यायले जानकारी दिए ।

महायज्ञबाट १ करोड संकलन गर्ने लक्ष्य राखिएकोमा महायज्ञ शुरु हुनु अघि नै दाताहरुले ४० लाख दानसहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाईसकेको आयोजक समितिले जनाएको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top