×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विराटनगरमा राष्ट्रिय महिला नाट्य महोसत्व हुँदै

२० फाल्गुन २०७४

विराटनगर, फागुन २०
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्था राष्ट्रिय नाचघरको संयुक्त आयोजनामा मंगलबारदेखि विराटनगरमा राष्ट्रिय महिला नाट्य महोसत्व हुने भएको छ ।

विराटनगरस्थित आरोहरण गुरुकुलको सुशीला कोइराला नाटकघरमा मञ्चन हुने नाटकमा महिला कलाकारले मात्रै अभिनय गर्नेछन् ।

Advertisement
Advertisement

तीनदिनसम्म चल्ने महोत्सवमा हरेक दिन तीनवटा शो हुनेछ । कार्यक्रमबारे जानकारी दिनुहुँदै प्रज्ञा प्रतिष्ठानका नाट्य विभाग प्रमुख प्राज्ञ रमेशरञ्जन झाले नेपालमै पहिलोपटक यस किसिमको कार्यक्रम गर्न लागिएको बताए ।

उनका अनुसार लोसञ्चार नाट्य समूह जनकपुर, झोराहाट नाट्य समूह मोरङ, परिवर्तन थिएटर काँकडभिट्टा, शिल्पी कला समूह काठमाडौं, सद्भाव थिएटर, क्षितिज नाट्य समूह विर्तामोड, ख्वाप्कीमी कला संस्थालगायतका नाट्य समूहले महोत्सवमा सहभागिता जनाउँदैछन् ।

Advertisement
Advertisement

रंगमञ्चमा महिला सहभागिता बढाउने उद्देश्यले महोत्सव गर्न लागिएको सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले जानकारी दिए । महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको र कलाकारहरु विराटनगर आउने क्रम सुरु भइसकेको स्थानीय संयोजक प्रविणनारायण चौधरीले जानकारी दिए । महोत्सवको स्थानीय व्यवस्थापन दहेजमुक्त मिथिला र मैथिली सेवासमितिले गरेका छन् ।

भर्खरको समाचार

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

सम्बन्धित खबरहरु

Scroll to Top