पूर्वमा यस वर्ष धान उत्पादनमा बृद्धि

१३ पुस ७४, शुक्रबार

विराटनगर, पुष १४
बाढीले पिडित भएपनि पूर्वाञ्चलमा यस वर्ष धान उत्पादनमा बृद्धि भएको छ । पूर्वाञ्चलमा यस वर्ष दुइ प्रतिशतले उत्पादन बढेको क्षेत्रीय कृषि निर्देशनालयले जनाएको छ । यस वर्ष बाढीको प्रकोप साथै अघिल्लो वर्षको तुलनामा धान खेतिको क्षेत्रफल घटेको भएपनि धान उत्पादनमा भने बृद्धि भएको बरिष्ठ सुचना अधिकृत डाक्टर राजेन्द्र उप्रेतिले बताए ।

गत वर्षको तुलनामा यस वर्ष प्रति हेक्टर तिन प्रतिशतले उत्पादकत्व समेत बढेको उनले बताए । पूर्वाञ्चलमा गत वर्ष चार लाख ४६ हजार हेक्टर क्षेत्रफलमा १३ लाख २६ हजार ३ सय ८३ मेक्ट्रीक टन धान उत्पादन भएको थियो ।

यस वर्ष ४ लाख ३७ हजार हेक्टर क्षेत्रफलमा १६ लाख ३९ हजार ४ सय ९३ मेक्ट्रीकटन धान उत्पादन भएको छ । जसअनुसार यस वर्ष २६ हजा ६ सय ४५ मेट्रीकटन धान उत्पादन बढेको हो ।

यस वर्ष उच्च पहाडको सोलुखुम्बुमा उत्पादन घटेको छ भने ताप्लेजुङ र संखुवासभामा उत्पादन बढेको छ । त्यस्तै मध्यपहाडको तेह्रथुम, धनकुटा र उदयपुरमा उत्पादन घटेको भएपनि अन्य जिल्लामा बढेको र तराइका सुनसरी, सिरहा र सप्तरीमा उत्पादन घटेको भएपनि झापा र मोरङमा उत्पादन बढेको कार्यालयले जनाएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top