विराटनगर, पुष १४
बाढीले पिडित भएपनि पूर्वाञ्चलमा यस वर्ष धान उत्पादनमा बृद्धि भएको छ । पूर्वाञ्चलमा यस वर्ष दुइ प्रतिशतले उत्पादन बढेको क्षेत्रीय कृषि निर्देशनालयले जनाएको छ । यस वर्ष बाढीको प्रकोप साथै अघिल्लो वर्षको तुलनामा धान खेतिको क्षेत्रफल घटेको भएपनि धान उत्पादनमा भने बृद्धि भएको बरिष्ठ सुचना अधिकृत डाक्टर राजेन्द्र उप्रेतिले बताए ।
गत वर्षको तुलनामा यस वर्ष प्रति हेक्टर तिन प्रतिशतले उत्पादकत्व समेत बढेको उनले बताए । पूर्वाञ्चलमा गत वर्ष चार लाख ४६ हजार हेक्टर क्षेत्रफलमा १३ लाख २६ हजार ३ सय ८३ मेक्ट्रीक टन धान उत्पादन भएको थियो ।
यस वर्ष ४ लाख ३७ हजार हेक्टर क्षेत्रफलमा १६ लाख ३९ हजार ४ सय ९३ मेक्ट्रीकटन धान उत्पादन भएको छ । जसअनुसार यस वर्ष २६ हजा ६ सय ४५ मेट्रीकटन धान उत्पादन बढेको हो ।
यस वर्ष उच्च पहाडको सोलुखुम्बुमा उत्पादन घटेको छ भने ताप्लेजुङ र संखुवासभामा उत्पादन बढेको छ । त्यस्तै मध्यपहाडको तेह्रथुम, धनकुटा र उदयपुरमा उत्पादन घटेको भएपनि अन्य जिल्लामा बढेको र तराइका सुनसरी, सिरहा र सप्तरीमा उत्पादन घटेको भएपनि झापा र मोरङमा उत्पादन बढेको कार्यालयले जनाएको छ ।