पूर्वराजा ज्ञानेन्द्र राप्रपा पुनर्गठनमा सकृय

४ चैत ७४, सोमबार

झापा, चैत ५
पूर्वराजा ज्ञानेन्द्र शाह यतिबेला राष्ट्रिय प्रजातन्त्र पार्टीको पुनगर्ठन गर्ने अभियानमा सक्रिय बनेका छन् । पुनर्गठकै शिलशिलामा उनले आइतबार साँझ झापामा राप्रपाका विभिन्न तीन गुटका ९ जना नेतालाई बोलाएर सामुहिक छलफल गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र यतिबेला झापाको दमकस्थित उनकै स्वामित्वमा रहेको हिमालय चिया बगानमा छन् । उनी अझै केही दिन सोही स्थानमा रहनेछन् । र, ११ गते बिराटनगरमा आयोजित एक कार्यक्रममा सहभागी हुनेछन् ।
झापा आएका पूर्वराजासँग पार्टी पुनगर्ठनबारे छलफल गर्न राप्रपाका विभिन्न गुटका नेताहरु काठमाडौंबाट आइतबार साँझ चियाबगानमा पुगेका थिए ।

बेलुका ४ बजेदेखि साँझ ७ बजेसम्म चलेको छलफलमा सहभागी नेताहरुलाई पूर्वराजाले चिया र बिस्कुट खुवाएर पठाएको स्रोतले बताएको छ ।

Advertisement

आइतबार साँझ पूर्वराजा ज्ञानेन्द्रलाई भेट्न चिया बगानमा भेला हुने नेताहरुमा कमल थापा नेतृत्वको राप्रपाका बुद्धिमान तामाङ, भास्कर भद्रा र प्रल्हाद शाह थिए ।

त्यसैगरी पशुपतिसमशेर नेतृत्वको राप्रपा प्रजातान्त्रिकका नेताहरु राजाराम श्रेष्ठ, सुरेश आचार्य र सगुन लावती पूर्वराजासँगको छलफलमा सहभागी थिए ।

Advertisement

डा. प्रकाशचन्द्र लोहनीको राप्रपा राष्ट्रवादी पार्टीका तर्फबाट केशव श्रेष्ठ, तारा लुँईटेल र डा. सुष्मा आचार्य पनि पूर्वराजालाई भेट्ने टोलीमा सहभागी थिए ।

राप्रपाका तीनवटै गुटका तीन–तीनजना गरी ९ जना नेताहरुसँग पूर्वराजाले सामुहिकरुपमा तीन घण्टासम्म छलफल गरेको श्रोतले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top