काठमाडौं, फागुन १८
पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ । अधिकारीको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भेन्टीलेटरमा उपचार भइरहेको छ ।
८३ वर्षीय अधिकारीको स्वास्थ्यमा थप समस्या भएपछि उनलाई भेन्टिलेटरमा राखिएको हो । तीन दिनअघिसम्म होसमा रहेका अधिकारीलाई बिहीबारदेखि भेन्टीलेटरमा राखिएको छ । दुई हप्ताअघि बिरामी परेका अधिकारीको उपचारमा वरिष्ठ चिकित्सकहरु भगवान कोइराला, अर्जुन कार्की, राजु पंगेनी, मानबहादुर केसी र मुकुन्द शर्मा संलग्न छन्।
श्वासप्रश्वास, मुटु र फोक्सोमा समस्या देखिएपछि २३ माघ देखि उनलाई मेडिसीटी अस्पतालमा राखिएको थियो ।