१० मंसिर, वीरगञ्ज ।
मंगलबार वीरगञ्जबाट पेस्तोल र बेहोस पार्ने औषधिसहित एकजना पक्राउ परेका छन् ।
सर्लाहीको बलरा नगरपालिका १० सुदामा घर भई हाल पर्साको वीरगञ्ज–११ दुर्गा टोल बस्ने ४९ वर्षका जितेन्द्रप्रसाद सिंह पक्राउ परेका हुन् ।
वडा प्रहरी कार्यालय श्रीपुर तथा विर्ताबाट खटिएको प्रहरी टोलीले सिंहको घरबाट पेस्तोल र बेहोस पार्ने औषधि बरामद गरेको पर्सा प्रहरीले जनाएको छ।
प्रहरीले सिंहको घरमा स्टील दराजको सेफ बक्स भित्र ७.६५ एमएमको ४ राउण्ड गोली लोड गरि राखिएको १ थान म्यागजिन, पेस्तोल र मानिसलाई बेहोस पार्ने एनेस्थेटिक इथर आइपी नामक ५ सय एमएलको बोत्तल बरामद गरेको हो ।
पक्राउ परेका सिंहलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।