२६ असोज, झापा ।
झापाको बुद्धशान्ति गाउँपालिका–२ हातीकिल्ला स्थित सोमनाथ लुईटेलको घरमा काम गर्न बसेका ७१ बर्षीय भक्ति लोहारको पैनीमा डुबेर मृत्यु भएको छ ।
आइतबार दिउँसो खेत सिंचाई गर्ने क्रममा अचानक पैनीमा लडेका उनको मृत्यु भएको थियो । स्थानीयले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाका विषयमा थप अनुशनधान भईरहेको प्रहरीले जनाएको छ ।