पोखराले विराटनगरलाई दियो ९५ रनको सामान्य लक्ष्य

१ कार्तिक, काठमाडौं । वुमेन च्याम्पियन्स टि-२० लिग क्रिकेट प्रतियोगितामा शुक्रबारको पहिलो खेलमा पोखरा पल्टनले विराटनगर टाइटन्सलाई ९५ रनको सामान्य लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९४ रन बनायो । पोखराका लागि कविता कुँवरले २३ बलमा २ चौका सहित सर्वाधिक २२ रन बनाउदै अविजित रहिन् । त्यस्तै सरस्वती मगर १० रनमा अविजित रहिन् । पोखराको कुनै पनि ब्याट्सम्यानले ठूलो इनिङ खेल्न सकेनन् ।

पोखराले तेस्रो ओभरको तेस्रो बलमा ओपनर रुबी पोदरलाई १ रनमा गुमाएको थियो । उनलाई सोनु खड्काले विकेटकीपर ज्योती पाण्डेबाट क्याच आउट गराइन् । छैटौं ओभरको पहिलो बलमा विन्दु रावललाई सवनम राइले ५ रनमा पाण्डेबाट क्याच आउट गराइन् । दशौं ओभरको तेस्रो बलमा रेवती धामीलाई सवनम राइले १२ रनमा पेभिलिएनको बाटो देखाइन् ।

Advertisement

१४ ओभरको दोस्रो बलमा कप्तान सिता राना मगर १६ रनमा रन आउट हुन पुगिन् । उनी यसअघि खेलमा पनि रनआउट भएकी थिइन् । १५ औं ओभरको पहिलो बलमा अन्जली चन्द १५ रनमा रन आउट भइन् ।

कविता कुवरसँग रनमा तालमेल गर्न नसक्दा चन्द रन आउट हुन पुगेकी थिइन् । चन्दले १९ बलमा २ चौका प्रहार गरिन् । सरस्वती मगर रनमा अविजित रहिन् । विराटनगरकी सवनम राइले ४ ओभरमा मात्र ८ रन खर्चेर २ विकेट लिइन् । सोनु खड्काले ४ ओभरमा १६ रन खर्चेर १ विकेट लिइन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

भीआईपीको थालमै अखाद्य वस्तु, आम नागरिकको अवस्था कस्तो ?

sudan

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

सम्बन्धित समाचार

Scroll to Top