प्रदेशको नामाकरणका विषयमा दलहरुले अझै धारण बनाउन सकेनन्

किशोर विश्वकर्मा
विराटनगर, साउन २६
१ नं. प्रदेशको नामाकरणका विषयमा अहिले सम्म दलहरुले धारण बनाउन सकेका छैनन् । प्रदेश सरकारले प्रस्ताव ल्याउन ढिलाई गरिरहेका कारण दलहरुले अझै सम्म धारणा बनाउन नसकेका हुन् । यद्यपी प्रदेश सांसदहरु प्रदेशको नामाकरणका सवालमा समान जवाफ दिने गरेका छन् ।

नेकपा सांसद राजकुमार ओझाले एजेण्डा आएपछी मात्र छलफलमा जाने र दलको आधिकारीक धारण आउने बताएका छन् । उनले प्रदेशको नाम जेसुकै राखेपनि सवैलाई चित्त बुझ्दो हुनुपर्ने बताए ।

सांसद ओझाले भने ‘ सरकारले एजेण्डा ल्याउनु प¥यो । एजेण्डा ल्याएपछी मात्र छलफलमा गइन्छ र हाम्रो आधिकारीक धारण आउँछ । तर पनि प्रदेशको नाम भने सवैलाई मान्य हुने खालको हुनुपर्दछ । ’

Advertisement

यता प्रतिपक्षि दल नेपाली कांग्रेसका सांसद एवम् प्रमुख सचेतक केदार कार्कीले सरकारले ल्याउने प्रस्तावको आधारमा आफ्नो दलले छलफल गरि धारणा तय गर्ने बताए । उनले यद्यपी प्रदेशको नामाकरण सबैलाई मान्य हुने खालको नै हुनुपर्ने बताए । प्रमुख सचेतक कार्कीले भने ‘ प्रदेशको नामाकरणका सवालमा सरकारले कस्तो प्रस्ताव ल्याउँछ सोही अनुसार हाम्रो धारणा आउँछ । पहिलो कुरा नेपाली कांग्रेस प्रदेशको नामाकरणका सवालमा सवैले मान्य हुने राख्नुपर्ने लाइनमा छ । तर हामीले चाहेको कोशि–सगरमाथा प्रदेश राख्दा उपयुक्र ठानेका छौँ ।’

संघिय समाजवादी फोरम नेपालका संसदीय दलका नेता जयराम यादवले पहिचानको आधारमा प्रदेशको नामाकरण हुनुपर्ने बताए । उनले जातीय र भौगोलिक पहिचानको आधारमा प्रदेशको नामाकरण गरिनुपर्ने बताए । यादवले प्रदेश १ मा आदिवासी जनजाति(राई÷लिम्बु)को वाहुल्यता रहेकाले प्रदेशको नाकारण जातीय भौगोली आधार समेटेर नामाकरण गरिनु पर्ने बताए ।

Advertisement

उनले भने ‘ पहिचानको आधारमा संघियता हुनुपर्ने हाम्रो दलको पहिले देखीकै एजेण्डा हो । जुनसुकै प्रदेशको नाम पहिचानको आधारमा हुनुपर्छ । जहाँ सम्म प्रदेश १ को कुरा छ यहाँ सवै भन्दा बढी किराँतहरुको जनसंख्या छ । भौगोलिक पहिचानको आधार पनि छ । त्यसैले प्रदेशको नामाकरण किराँत कोशी वा किराँत सगरमाथा हुनुपर्छ ।’

प्रदेश १ मा नकपाको एक्लैको झण्डै २ तिहाई अर्थात ६७ सिट छ । दुई तिहाई पुग्नका लागि ३ सिट कम छ । संघिय समाजवादी फोरमको ३ सिट भएकाले मतका आधारमा नामाकरण गरिए फोरमले नेकपालाई मत दिने स्पष्ट संकेत देखिएको छ ।

Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top