स्थानीय सरकार आएपछि लेटाङमा एक्स–रे सेवा सुरु

२६ साउन ७५, शनिबार
Share this
782shares

विराटनगर,साउन २६
मोरङको लेटाङ नगरपालिकाले पहिलोपटक स्वास्थ्य उपचार सेवालाई सहज बनाउने क्रममा प्राथमिक स्वास्थ्य केन्द्रमा एक्स–रे सेवा सुरु गरेको छ । नगरपालिकाले वडा नम्बर ८ मा रहेको स्वास्थ्य केन्द्रबाट एक्स–रे सेवाको सुरुवात गरेको हो ।

Advertisement

कार्यक्रममा नगरपालिकाका प्रमुख शंकर राईले प्राथमिक स्वास्थ्य केन्द्रको विकासका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरे । नगरबासीलाई स्वास्थ्यउपचारमा कुनै प्रकारको कमी आउन नदिने बताएका प्रमुख राईले भने, स्वास्थ्य केन्द्रको बिस्तारका लागि आफूले कार्य गर्ने उल्लेख गरे । त्यसैगरी सो वडाका वडाध्यक्ष देबराज राईले अब स्थानीय स्तरमै एमबिबिएस डाक्टरको सेवा उपलब्ध हुने भएकाले जटिल खालका रोगको पनि उपचार गराइने जानकारी दिए ।

करिब २३ हजार जनसंख्या रहेको लेटाङ नगरपालिकामा एक प्राथमिक स्वास्थ्य केन्द्रसँगै अन्य तीनवटा स्वास्थ्य चौकी क्रमशः वारंगी, जांते र भोगटेनीमा रहेका छन् ।एक्स–रे सेवा सुरु भएको केन्द्रमा भने र्दु चिकित्कससहित १६ जना स्वास्थ्यकर्मी कार्यरत रहेका छन् । ९ वटा वडा कार्यालय रहेको लेटाङ नगरपालिकामा केही निजी क्लिनिक रहेकाछन् ।

Advertisement

यद्धपि, सरकारी उपचार केन्द्रमा सहुलियतमा उपचार हुँदा लेटाङवासीलाई राहत हुने स्थानीय प्रशान्त निरौलाले बताए । हाल सो क्षेत्रका बासिन्दालाई उपचारका लागि विराटनगर, धरान पुग्नेपर्ने बाध्यता रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top