ट्राफिक सचेतनाका लागि स्लो बाइक रेस प्रतियोगिता

२६ साउन ७५, शनिबार
Share this
697shares

विराटनगर,साउन २६
अन्तराष्ट्रिय युवा दिवस सप्ताहको अवसरमा रोटयाक्ट क्लव अफ इटहरीको आयोजनामा इटहरीमा स्लो वाइक रेसिङ्ग प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगितामा सुनसरीको झुम्का ,इनरुवा हाँसपोसा क्षेत्रबाट युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

Advertisement

युवाहरुलाई परिचालन गर्दै ट्राफिक सचेतनाका लागि सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएकोको रोट्याक्ट क्लव अफ इटहरीका निवर्तमान अध्यक्ष बिकल पौडेलले वताए ।

Advertisement

४४ जना सहभागी रहेको स्लो बाइक रेस प्रतियोगितामा प्रबेश प्रधान, कुलराज क्षेत्री र राजेस बानीयाले क्रमश प्रथम,द्धितिय र तृतिय स्थान हासिल गरेका छन । छिटो गतिमा बाइक चलाउँदा वर्षेनी धेरै युवाहरुले ज्यान गुमाएका कारण त्यस प्रति सचेत पार्न स्लो बाइकर रेस प्रतियोगितालाई निरन्तरता दिदै आएको रोट्याक्ट क्लव अफ इटहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top