विराटनगर,साउन २६
अन्तराष्ट्रिय युवा दिवस सप्ताहको अवसरमा रोटयाक्ट क्लव अफ इटहरीको आयोजनामा इटहरीमा स्लो वाइक रेसिङ्ग प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगितामा सुनसरीको झुम्का ,इनरुवा हाँसपोसा क्षेत्रबाट युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
युवाहरुलाई परिचालन गर्दै ट्राफिक सचेतनाका लागि सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएकोको रोट्याक्ट क्लव अफ इटहरीका निवर्तमान अध्यक्ष बिकल पौडेलले वताए ।
४४ जना सहभागी रहेको स्लो बाइक रेस प्रतियोगितामा प्रबेश प्रधान, कुलराज क्षेत्री र राजेस बानीयाले क्रमश प्रथम,द्धितिय र तृतिय स्थान हासिल गरेका छन । छिटो गतिमा बाइक चलाउँदा वर्षेनी धेरै युवाहरुले ज्यान गुमाएका कारण त्यस प्रति सचेत पार्न स्लो बाइकर रेस प्रतियोगितालाई निरन्तरता दिदै आएको रोट्याक्ट क्लव अफ इटहरीले जनाएको छ ।