इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको बिजयी सुरुवात

एजेन्सी,साउन २६
नयाँ सिजनको इङ्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा म्यानचेस्टर युनाइटेडले विजयी शुरुआत गरेको छ । म्यानचेस्टर युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा गएराति भएको सिजनको पहिलो खेलमा म्यान्यूले लेस्टर सिटीलाई २–१ ले पराजित गर्दै सुखद शुरुआत गरेको हो ।

खेलको तेस्रो मिनेटमै पेनाल्टीमार्फत् पल पोग्बाले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले अगाडि रहेको म्यानचेस्टर युनाइटेडले दोस्रो हाफको ८३ औं मिनेटमा लुकासले गोल गरेपछि २–० ले अग्रता लिएको थियो । तर खेलको ९० औं मिनेटमा लेस्टर सिटीका जेमी भार्डीले एक गोल फर्काए पछि म्यानचेस्टर युनाइटेडले खेल २–१ ले जितेको हो ।

यसैविच, इङ्लिस प्रिमियर लिगमा आज ६ खेल हुँदै छन् । नेपाली समयअनुसार शनिबार साँझ सवा ५ बजे हुने खेलमा न्युकासल युनाइटेड र टोटनह्याम भिड्दै छन् । त्यसैगरी पौने आठ बजे हुने खेलमा वर्नमाउथ र कार्डिफ सिटी, फूलह्याम र क्रिस्टल प्यालेस, हडर्सफिल्ड र चेल्सी तथा वार्टफोर्ड र ब्राइटन भिड्दै छन् । त्यसैगरी आजै राति सवा १० बजे हुने अर्को खेलमा वुल्भर ह्याम्पटन वन्डर्स र एभर्टन भिड्दै छन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top