चितवन, साउन २६
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले सरकारले केही पनि गरेन भन्ने कुरासाँचो नभएको स्पष्ट पारेका छन । भरतपुर विमानस्थलमा शनिबार प्रेस चौतारी र प्रेस सेन्टरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेकपा अध्यक्ष दाहालले जनताका गुनासा र चिन्ताहरु पार्टी र नेतृत्वलाई राम्रोसँग अवगत भएको बताएका हुन ।
जनताको अपेक्षा धेरै थियो,उनले भने,“ अपेक्षा अनुसार काम गर्न कमी आएको भन्नेमा समीक्षा गर्न सरकार र पार्टी तयार छ । सरकार पनि तयार छ, पार्टी त्यस प्रति गम्भिर छ ।”