विराटनगर,भदौ २०
विगत एक वर्षदेखि नविनत समाचारका साथ अनलाइन पोर्टल मार्फत पाठकहरुमाझ आइरहेको नेपाल टाईम्सले प्रदेश १ मा पहिलो अनलाइन टेलिभिजनका रुपमा आफ्नो प्रशारण सुरु गरेको छ । “आवाज विहीनहरुको आवाज” बन्ने लक्ष्य र उद्देश्य राखी २०७४ साल साउन २४ गतेदेखि पाठकहरुमाझ आइरहेको अनलाइनले भदौ १७ गते आइतबारबाट अनलाइन टेलिभिजनको सुरुवात गरेको हो ।
अनलाईन सञ्चार माध्यमको रुपमा प्रेस काउन्सिलमा दर्ता भई प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगरबाट आफ्नो सेवा प्रवाह गर्दै आएको यस नेपाल टाईम्स मिडिया प्रा.लि.ले विभिन्न सोसल साइटहरु मार्फत पाठहरुमाझ नविनतम सुचना र सत्य समाचार प्रदान गर्दै आईरहेको छ ।
अनलाइनले आफ्नो फेसबुक पेज Nepal Times र www.nepaltimes.net मार्फत आर्थिक,सामाजिक,राजनितिक,शिक्षा, खेलकुद,पर्यटन,कला,सिनेमा,बैँकिङ,बिजनेश लगायतका क्षेत्रमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधिहरु तथा सुचना सामाग्रीहरु पाठकहरुमाझ पुर्याउँदै आएको नेपाल टाईम्स मिडिया प्रा.लिका संस्थापक तथा प्रबन्ध निर्देशक सैहैन्शा सिद्दिकीले बताए ।
देशमा अनगिन्ती मिडियाहरु हुँदा हुँदै आफूलाई स्थापित गर्नु एउटा चुनौतीको विषय भए पनि पाठहरुको माया र शुभचिन्तकहरुको सहयोगले छोटो समय अवधिमै लोकप्रिय बनेर नेपाल टाईम्सले आफ्नो पहिचान बनाउन सफल भएको नेपाल टाईम्सका निर्देशक मुकुल दाहालले बताए ।
नेपाल टाईम्स अनलाइन टेलिभिजनले समाजका हरेक घटनाक्रमहरुलाई समेटेर नियमित समाचारका साथमा मनोरन्जनात्मक कार्यक्रमहरु प्रशारण गर्ने योजना बनाएको छ ।