NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
इन्टर मिलान क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेन मङ्लबार असार १७ , २०८२
पेट्रोल ५ र डिजल ४ रूपैयाँले महँगियो, हवाई भाडा बढ्ने मङ्लबार असार १७ , २०८२
सार्कको ठाउँमा चिनियाँ नेतृत्वमा नयाँ संगठन मङ्लबार असार १७ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ? मङ्लबार असार १७ , २०८२
नागार्जुनका मेयरलाई ११ वर्ष जेल, ३१ करोड जरिवाना मङ्लबार असार १७ , २०८२
Next
Prev

समाचार

प्रदेशसभाको बैठकको तयारी तीव्र

बुधबार माघ १७ , २०७४
Reading Time: 1 min read
A A
Advertisement
प्रदेशसभाको बैठकको तयारी तीव्र

k|b]z–& sf] klxnf] a}7ssf] tof/L k|b]z–& sf] k|b]z;efsf] df3 @! ut] x'g] klxnf] a}7ssf nflu wgu9Ll:yt lhNNff ;dGjo ;ldltsf] sfof{nodf dd{t sfo{ tLa| ?kdf x'Fb} . t:jL/ M l;4/fh e§, wgu9L, /f;;

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

धनगढी, माघ १७
सात नम्बर प्रदेशसभाको बैठक बस्ने स्थल तोकिएको जिल्ला समन्वय समितिको कार्यालय धनगढीको सभा कक्षको पुनःनिर्माण एवं मर्मत कार्य तीव्ररुपमा अघि बढाइएको छ ।

यही माघ २१ गते दिउँसो १ः० बजे ७ नम्बर प्रदेशसभाको ऐतिहासिक पहिलो बैठक प्रदेश प्रमुख मोहनराज मल्लले यसअघि नै आह्वान गरिसकेका छन् ।

बैठक स्थललाई संसद्को ढाँचाअनुसार पुनःनिर्माण र मर्मत गर्ने कार्य तीव्ररुपमा भइरहेको निर्माणको जिम्मा लिएको शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय धनगढीका प्रमुख रवीन्द्र बोहराले बताए ।

Advertisement

प्रदेशसभा कक्षको अगाडिको मञ्चमा सभामुख, सचिव र कर्मचारी बस्ने र सोही ठाउँमा रेकर्डिङ कक्षसमेत रहने गरी पुनःनिर्माण भइरहेको बोहराले बताए ।

यस्तै सभाकक्षको एक लहरमा सत्तपक्ष र अर्काे लहरमा प्रतिपक्षका सांसद बस्ने गरी डिजाइन भई निर्माण भइरहेको छ । सभा कक्षभित्रको पछाडि भागमा समाचार संकलन गर्ने सञ्चारकर्मीको बस्ने व्यवस्था मिलाउन लागिएको छ ।

सभा कक्षमा आकाशे निलो रंगको कार्पेट बिछ्याइने जनाइएको छ । यो सम्पूर्ण कामको व्यवस्थापन गर्नका लागि रु सात करोड ५० लाख बजेट विनियोजन भई आएको बोहराले जानकारी दिए ।

संसदीय दलको कार्यालय÷सभामुख उपसभामुखको कार्यकक्ष

प्रदेश संसद् बैठकस्थल तोकिएको जिल्ला समन्वय समितिको कार्यालय परिसरमै रहेको जिल्ला प्राविधिक कार्यालयका कोठालाई संसदीय दलका कार्यालय र सभामुख उपसभामुखको कार्यकक्षका रुपमा प्रयोग गर्ने गरी तयारी गरिएको छ ।

यसका लागि प्राविधिक कार्यालयका आठ वटा कोठालाई पुनःमर्मत निर्माण गरी ठूलो बनाउने काम भइरहेको छ । पुनःनिर्माण मरमत भइरहेका संसदीय दलको कार्यालयमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस र राष्ट्रिय जनता पाटी गरी चार दलका संसदीय कार्यालय रहने बताइएको छ ।

सात नम्बर प्रदेशसभामा ५३ सांसद

सात नम्बर प्रदेशसभामा ५३ जना सांसद रहेका छन् । सेती अञ्चलका कैलाली, डोटी, अछाम, बझाङ र बाजुरा र महाकाली अञ्चलका कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुला गरी नौ जिल्ला रहेको यो प्रदेशमा एमालेका २५, नेकपा (माओवादी केन्द्र) का १४, नेपाली काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई सांसदको प्रदेशसभामा प्रतिनिधित्व रहेको छ ।

मन्त्रालय रहने भवनमा

प्रदेशमा हाललाई सातवटा मन्त्रालयको स्थापना गरिन लागिएको छ । क्षेत्रीय प्रशासक एवं ७ नम्बर प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेलले हाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेर दिएको मन्त्रालयको नाम र संख्याबमोजिम मन्त्रालयको स्थापना हुन लागेको बताए । पौडेलले भने “हाललाई सातवटा मन्त्रालयको व्यवस्था हुन लागेको छ, पछि प्रदेशसभाले गर्ने निर्णय बमोजिम हुने हो ।”

प्रदेशको मुख्यमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालय सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीको नवनिर्मित भवनमा रहने छ । यस्तै आन्तरिक मामिला तथा कानून मन्त्रालय जिल्ला कृषि विकास कार्यालय रहेको भवनमा, आन्तरिक मामिला तथा योजना कार्यालय आन्तरिक राजश्व कार्यालय रहेको भवनमा स्थापना गर्ने गरी तयारी भइरहेको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालय क्षेत्रीय सिँचाइ निर्देशनालय रहेको भवनमा, भूमि व्यवस्था कृषि सहकारी मन्त्रालय क्षेत्रीय पशु तालीम केन्द्र रहेको भवनमा र उद्योग पर्यटन तथा वातावरण मन्त्रालय क्षेत्रीय वन निर्देशनालय रहेको भवनमा स्थापना गर्ने गरी तयारी भइरहेको डिभिजन कार्यालयका प्रमुख बोहराले जानकारी दिए ।

संविधानले प्रदेश प्रमुखले मुख्य मन्त्रीको सिफारिशमा प्रदेशसभाका सदस्यमध्येबाट समावेशी सिद्धान्तबमोजिम मुख्यमन्त्रीसहित प्रदेशसभाका कूल सदस्य संख्याको २० प्रतिशतभन्दा बढी नहुने गरी प्रदेशमन्त्री परिषद्को गठन गर्न सक्ने व्यवस्था गरेको छ ।

संसद्को बैठक सञ्चालनलगायतको कामको व्यवस्थापन गर्न संसद् सचिवालयको कर्मचारीको एक टोली ७ नम्बर प्रदेशको अस्थायी मुकाम धनगढी आउन लागेको बताइएको छ ।
रासस

लोकप्रीय

इन्टर मिलान क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेन

इन्टर मिलान क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेन

मङ्लबार असार १७ , २०८२
पेट्रोल ५ र डिजल ४ रूपैयाँले महँगियो, हवाई भाडा बढ्ने

पेट्रोल ५ र डिजल ४ रूपैयाँले महँगियो, हवाई भाडा बढ्ने

मङ्लबार असार १७ , २०८२
पानीका लागि पनि पाकिस्तानलाई चीनको साथ, बाँध निर्माणमा तिव्रता

सार्कको ठाउँमा चिनियाँ नेतृत्वमा नयाँ संगठन

मङ्लबार असार १७ , २०८२

विचार

थप समाचार

इन्टर मिलान क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेन
खेलकुद

इन्टर मिलान क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेन

मङ्लबार असार १७ , २०८२
पेट्रोल ५ र डिजल ४ रूपैयाँले महँगियो, हवाई भाडा बढ्ने
आर्थिक

पेट्रोल ५ र डिजल ४ रूपैयाँले महँगियो, हवाई भाडा बढ्ने

मङ्लबार असार १७ , २०८२
पानीका लागि पनि पाकिस्तानलाई चीनको साथ, बाँध निर्माणमा तिव्रता
ताजा समाचार

सार्कको ठाउँमा चिनियाँ नेतृत्वमा नयाँ संगठन

मङ्लबार असार १७ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?
नेपाल टाइम्स स्पेशल

कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

मङ्लबार असार १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

इन्टर मिलान क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेन

इन्टर मिलान क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेन

मङ्लबार असार १७ , २०८२
पेट्रोल ५ र डिजल ४ रूपैयाँले महँगियो, हवाई भाडा बढ्ने

पेट्रोल ५ र डिजल ४ रूपैयाँले महँगियो, हवाई भाडा बढ्ने

मङ्लबार असार १७ , २०८२
पानीका लागि पनि पाकिस्तानलाई चीनको साथ, बाँध निर्माणमा तिव्रता

सार्कको ठाउँमा चिनियाँ नेतृत्वमा नयाँ संगठन

मङ्लबार असार १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.