प्रदेश एकमा मन्त्री मण्डल विस्तारः मुख्यमन्त्रीलाई संकटमा साथ दिएकाहरुलाई मन्त्री पद

१३ चैत, विराटनगर । प्रदेश एक सरकारको आज मन्त्री मण्डल विस्तार हुँदैछ ।

नयाँ आउन लागेका मन्त्रीहरुमा माओवादी केन्द्र छाडेर आएका मन्त्री टंक आङ्बुहाङ र नेपाल समूहबाट ओली समूहमा आएकी उषाकला राई रहेका छन् ।

आङबुहाङलाई प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालय र राईलाई सामाजिक विकास मन्त्रालय दिने निश्चित भएको छ ।

यस्तै प्रदेश एकमा लामो समयदेखि मुख्यमन्त्रीको नेतृत्वमा रहेका दुई मन्त्रालयले पनि मन्त्री पाउने भएका छन् ।

मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार सम्हालेसँगै आफ्नै माताहतमा राखेका दुई मन्त्रालयमा मन्त्री नियुक्त गर्न लागिएको मन्त्री परिषद् श्रोतले जनाएको छ ।

यसै क्रममा ती मन्त्रालयमा एक वर्ष पहिले नै नियुक्त भएका राज्यमन्त्रीहरुलाई नै मन्त्री बनाउन लागिएको हो ।

भूमी व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम राना र भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बीरबाबु गुरुङलाई मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो ।

यस्तै राज्यमन्त्रीमा दुईजना थपिने भएका छन् । राज्य मन्त्रीमा नयाँ आउन लागेका कला घले र राजकुमार ओझाको सपथ आज दिउँसो १ बजे प्रदेश प्रमुखको कार्यालयमा हुने तय भएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top