×

NEPAL TIMES UPDATES

Playing
सवारी चालक र ट्राफिक दुवैलाई अदालतले दियो खुशीको खबर || Nepal Times
May 01, 2026
Playing
अध्यक्षबाट हटाउने तयारी चलिरहँदा कहाँ हराए ओली ? || Nepal Times
May 01, 2026
Playing
नेपालको अर्काे सनसनीपूर्ण रोमान्चक जित, तालिकामा कहाँ छ नेपाल ? || Nepal Times
May 01, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-18-2083 || Nepal Times
May 01, 2026
Playing
साँच्चै हतारोमा छन् प्रधानमन्त्री बालेन ?|| Nepal Times
May 01, 2026
Playing
घर भत्काएको हेर्दाहेर्दै बेहोस, सुकुम्बासी बस्तीका राई मृ *त भेटिए || Nepal Times
May 01, 2026
Playing
आखिर क–कसको हुँदै छ सम्पत्ति छानबिन ?|| Nepal Times
May 01, 2026
Playing
प्रलय निम्त्याउँदै ट्रम्प, ’डार्क इगल’ मिसाइलको खुलासा,इरानलाई छैन् डर || Nepal Times
May 01, 2026
Playing
रोल्पा जिप दुर्घटनाः ८०० मिटर गहिराइ र सञ्चारबिहीन उद्धारको २१ घण्टा|| Nepal Times
May 01, 2026
Playing
World News: चीनमा भेटियो इन्धनको भण्डार,५३ देशलाई कर नलाग्ने|| Nepal Times
May 01, 2026

प्रदेश बजेटमा छलफल सुरु, प्रतिपक्षद्वारा आलोचनात्मक सर्मथन

३ असार २०७५

विराटनगर, असार ३
प्रदेश सरकारले असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको राजश्व तथा आयको वार्षिक अनुमानमाथि आजदेखि संद्धान्तिक छलफल सुरु भएको छ ।

सरकार पक्षका प्रदेशसभा सदस्यहरुले बजेटको खुलेर प्रशंसा गरेका छन् भने विपक्षी सासंदहरुले आलोचनात्मक समर्थन गर्दै छलफलमा भाग लिएका छन् ।

Advertisement
Advertisement

प्रदेश सरकारले संसदमा पेश गरेको ३५ अर्व ९३ करोड रुपैयाँ बजेट र त्यसबाट आगामी एक वर्षमा प्रदेशको विकासकालागि प्राथमिकता निर्धारण गरिएको क्षेत्रको विषयमा सांसदहरुले विस्तृतमा छलफल गरिरहेका छन् । आजको छलफलमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसद सर्वध्वज साँवाले बजेटले प्रदेशका जनतालाई विकासको सपना देखाएको बताए।

उनले केचनाकवलदेखि तराईको मैदान, पहाड र उच्च हिमाली क्षेत्रको विकासको लक्ष्य पहिल्याउँदै बजेटले सबैलाई सपना देखाएको र बजेटको उच्च कार्यान्वयनले त्यो सपना पुरा गर्न सबैले उत्तिकै मिहिनेत गर्नुपर्ने बताए । बजेटले कृषि, पर्यटन, जलस्रोत तथा उर्जा आदि क्षेत्रको विकासमा महत्वपूर्ण योजना र कार्यक्रमका साथ बजेट आएको प्रदेशसभा सदस्य लक्ष्मण तिवारीले बताए।

बजेट कुनै सपनाको आधारमा नभई यथार्थको महलमा तयार भएकाले यसले प्रदेशको समृद्धि सुनिश्चित गरेको उनको भनाइ थियो । त्यस्तै प्रतिपक्ष सांसद शिवनारायण गनगाईले बजेटका धेरै पक्ष राम्रा एपनि बजेटले स्पष्ट लक्ष्य पहिल्याउन नसकेको टिप्पणी गरे । बजेट सपनाको धरातलमा तयार पारिएको बताउँदै उनले त्यसलाई यथार्थमा रुपान्तरण गर्न चुनौती रहेको औंल्याए ।

बजेटले कृषिलाई प्राथमिकतामा राखेपनि जुट खेतीको सम्भावनालाई अस्वीकार गरिएको, यो वर्ष तराई क्षेत्रमा प्रसस्त मकै उत्पादन भएपनि बजार खोज्न र किसानलाई प्रोत्साहन गर्न बजेट मौन रहनु यसको नकारात्मक पक्ष भएको उनले टिप्पणी गरे ।

यसैबीच एक नम्बर प्रदेश सरकारले विहिबार प्रदेशसभामा पेश गरेको प्रदेशको रेडियो, एफएम र टेलिभिजन प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ मा आज सत्तापक्ष र प्रतिपक्ष दुबै तर्फबाट संशोधन दर्ता भएको छ ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशसभामा पेश गरेको उक्त विधेयकको दफा ११ मा अमुर्त विषय उल्लेख गरेर प्रशारणमा रोक लगाउन सकिने र दफा १२ मा रहेको प्रशारण संस्थाको इजाजत रद्द गर्न सकिने विषय संविधानको प्रस्तावना, धारा १९ को मर्म र भावना विपरित तथा स्वतन्त्र प्रेसमाथि अंकुश लगाउने उद्देश्यले आएको भन्दै नेपाल पत्रकार महासंघ प्रदेश समितिले आपत्ति जनाएको थियो ।

Advertisement

सो विषयमा प्रदेश समितिले मुख्यमन्त्री शेरधन राई र सबै दलहरुको ध्यानाकर्षण समेत गराएको थियो । दफा १२ लाई पूर्ण रुपमा खारेज गर्नेगरी र दफा ११ को प्रशारण बन्द गर्ने प्रावधानलाई जरिवाना तिराउनेगरी संशोधन दर्ता भएको छ ।

भर्खरको समाचार

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

ग्यास र हवाइ इन्धनमा भारी मूल्यबृद्धि, कति बढ्यो ?

Gas

देशभरका सुकुम्बासीलाई राहत, सार्वजनिक जग्गा तत्काल खाली नगरिने

Squatter area Machaapokhari, Gaungapu. Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library

सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु

682708147_966401619313189_6197832107574502867_n

चीनमा मान्छेविनै बन्दैछ विश्वकै अग्लो बाँध

(250821) -- GUIYANG, Aug. 21, 2025 (Xinhua) -- This aerial drone photo taken on Aug. 21, 2025 shows the Huajiang Grand Canyon Bridge in southwest China's Guizhou Province. Engineers on Thursday launched a load testing on the Huajiang Grand Canyon Bridge, which is set to become the world's tallest bridge.
  The suspension bridge has a vertical height of 625 meters from the bridge deck down to the river surface.
  The 2,890-meter bridge, with a span of 1,420 meters, is also the world's largest span bridge to be built in a mountainous area. (Xinhua/Yang Wenbin)

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

सम्बन्धित खबरहरु

Scroll to Top