×

NEPAL TIMES UPDATES

Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026
Playing
Iranले Americaको फाइटर जेट्स कसरी झार्यो ? || Nepal Times
Apr 29, 2026
Playing
अध्यादेशको विरोध गर्ने रवि अहिले कसरी समर्थक?अध्यादेश दल फुटाउन र सुविधा लिन होइन || Nepal Times
Apr 29, 2026
Playing
ओली एमाले भित्र कसरी बोझ बने ? || Nepal Times
Apr 29, 2026
Playing
प्रचण्डमाथि भर छैन, ओली हटाएर एमाले पुनर्गठन गर्ने, जनतासंग माफी माग्ने || Nepal Times
Apr 29, 2026
Playing
नेपाली फुटबलमा ब्ल्याकआउटको खतरा, को हो दोषी ?|| Nepal Times
Apr 29, 2026
Playing
इरा*न ध्व*स्त हुने अवस्थामा, यूएई ओपेक बाहिर, आ*त्म*घाती रणनीतिमा किम खुसी|| Nepal Times
Apr 29, 2026

प्रदेश ५ नीति तथा कार्यक्रमः कृषि, पर्यटन र उद्योगलाई उच्च प्राथमिकता

२५ जेष्ठ २०७५

रुपन्देही, जेठ २५

प्रदेश नं ५ को सरकारले आव २०७५ । ७६ को नीति तथा कार्यक्रममा कृषि, पर्यटन र उद्योगलाई उच्च प्राथमिकता दिएको छ ।

Advertisement
Advertisement

प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश ५ को सरकारको नीति कार्यक्रम प्रदेश प्रमुख उमाकान्त झाले प्रस्तुत गर्दै प्रदेशअन्तर्गतका १२ वटै जिल्लाको सन्तुलित विकास गर्ने तथा प्रदेशलाई कृषि उत्पादन निर्यात गर्न सक्ने अवस्थामा पु¥याउन जलवायुअनूकुल नमूना कृषि कार्यक्रम सञ्चालन गर्ने, कृषि उत्पादनका लागि गुणस्तरीय सामग्री र कृषियन्त्र तथा औजार– उन्नत बीउबिजन– प्रविधिको विकास र विस्तारमा उच्च प्राथमिकता दिइएको बताए ।

‘एक गाउँ एक उत्पादन’ र समूहमा आधारित कृषि व्यवसायलाई प्रोत्साहन गरिने, ‘एक पालिका एक शीत भण्डार’ निर्माण गर्दै जाने र कृषि तथा पशुपन्छी रोग, कीरा र महामारी नियन्त्रण गर्न आवश्यक पूर्वतयारीको प्रबन्ध गरिने नीति कार्यक्रममा उल्लेख छ ।

प्रदेशको भौगलिक परिवेश, हावापानी तथा खेतीयोग्य जमिनको उपलब्धतालाई ध्यानमा राख्दै आवश्यक प्राविधिक जनशक्ति, उन्नत बीउबीजन आदिमा किसानको पहुँच बढाउँदै लैजाने र कृषिजन्य उत्पादन एवं व्यापारलाई प्रतिष्पर्धी बनाई समग्र कृषि प्रणालीलाई आधुनिकीकरण र व्यवसायीकरण गरिने छ ।

युवा जनशक्तिलाई कृषिमा आकर्षित गर्न तरकारी खेती, मौरीपालन, मत्स्यपालन, पुष्प व्यवसाय तथा च्याउखेती आदिमा मापदण्ड बनाई अनुदान दिने नीति अवलम्वन गरिने र कृषि बाली तथा पशु बीमा कार्यक्रमलाई प्रबद्र्धन गरिनेमा जोड दिँदै प्रदेशस्तरमा कृषिसम्बन्धी ज्ञान, सीप र सूचना प्रवद्र्धन गर्न प्रदेशस्तरीय कृषि सूचना अनुसन्धान केन्द्र स्थापना गरिने नीति कार्यक्रममा उल्लेख छ ।

कृषिलाई आर्थिक समृद्धिको आकर्षक संवाहकका रुपमा चलायमान बनाउन आर्थिक वर्ष २०७५÷०७६ देखि ‘प्रदेश स्मार्ट कृषि गाउँ कार्यक्रम’ सञ्चालन गरिने उल्लेख गर्दै सरकारले कफी, अदुवा, बेसारलगायत निर्यातजन्य कृषि उपजको गुणस्तरीय उत्पादनदेखि उपभोक्तासम्म पुग्दा मूल्य शृङ्खलामा आउने अवरोध कम गर्न कृषक समूह, सहकारी तथा उद्यमीलाई वित्तीय तथा प्राविधिक सहयोगमार्फत प्रोत्साहन गरिनेमा जोड दिएको छ ।

मोनोरेल सम्भाव्यता अध्ययन 
बुटवलदेखि देवदह, रामग्राम, लुम्बिनी र कपिलवस्तुसम्म प्रदेश सरकारले पर्यटन बससेवा सञ्चालन लागि आवश्यक व्यवस्था र भैरहवा–बुटवल, नेपालगञ्ज– कोहलपुर र घोराही–तुलसीपुरमा विद्युतीय बस सेवाका लागि सम्भाव्यता अध्ययन गरिने नीति कार्यक्रममा समावेश छ ।

प्रदेशमा रहेका जैविक एवं सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यको प्रचारप्रसार गर्दै सहयोगी पूर्वाधारको निर्माण एवं पर्यटकमैत्री जनशक्ति विकास गरी आन्तरिक तथा बाह्य पर्यटनलाई रोजगारी तथा आयआर्जनको क्षेत्रका रुपमा विकास गरिनेमा जोड दिँदै नीति कार्यक्रममा पर्यटकीय गन्तव्यका लागि मोनोरेल, पदयात्रा, जैविक विविधता तथा विशेष सांस्कृतिक संग्रहालय, बगैँचा शहर, हिल स्टेशन, केवलकार आदिको विस्तृत अध्ययन गर्दै क्रमशः कार्यान्वयनमा लगिने उल्लेख छ ।

ऐतिहासिक, प्राचीन, तथा विभिन्न धार्मिक क्षेत्र र प्राकृतिक तथा मौलिक पहिचान भएका बस्ती जोड्ने गरी पर्यटकीय पदमार्गको अध्ययन गरी विकास गरिने जानकारी दिँदै सरकारले रुरु, स्वर्गद्वारी र धारापानी क्षेत्रलाई धार्मिक तथा सांस्कृतिक पर्यटकीय केन्द्रका रुपमा विकास गर्न एकीकृत विकास आयोजना अघि बढाइने नीति कार्यक्रममा जनाएको छ ।

प्रदेशस्तरका पर्यटकीय सम्पदाको जानकारी तथा महत्व बुझाउन सक्ने सिपालु, सहयोगी र दक्ष पर्यटकीय पथप्रदर्शक तयार गरिने र पर्यटकका लागि सूचना, सुरक्षा र सुविधाको उपलब्धतालाई सुनिश्चत गर्न पर्यटन गुरुयोजना बनाई कार्यान्वयन गरिने बताउँदै लुम्बिनी क्षेत्रमा सदाबहार तथा सौन्दर्ययुक्त फलफूललगायत वोटविरुवाबाट हाल रहेका रुखलाई प्रतिस्थापन गरी अन्तर्राष्ट्रियस्तरको उद्यानका रुपमा विकास गरिने जनाइएको छ ।

रामग्रामदेखि तिलौराकोटसम्मको क्षेत्रलाई बुद्ध परिपथका रुपमा विकास गर्नका लागि संघीय र स्थानीय सरकार तथा निजी क्षेत्रसंग समन्वय गरी पर्यटकको बसाइ अवधि लम्ब्याउन आकर्षक कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा भनिएको छ । रामग्रामदेखि लुम्बिनी हुँदै तिलौराकोटसम्म मोनोरेलको सम्भाव्यता अध्ययन गरिने उल्लेख गर्दै सरकारले पर्यटकीय रुपमा कपिलवस्तुको विकास गर्न प्राचीन कपिलवस्तु विकास आयोजना संचालन गर्ने र तानसेनस्थित तानसेन दरबारलाई प्रदेशको समग्र ऐतिहासिकता झल्किने गरी ऐतिहासिक संग्रहालय बनाइने बताएको छ ।

मगर र थारुबस्तीमा साँस्कृतिक प्रवद्र्धन गरी पर्यटकलाई आकर्षण गर्न घरबास र खुला रङ्गमञ्च निर्माणमा सहयोग पु¥याइनेछ । दाङको दंगिशरण गाउँपालिकामा थारु संस्कृति गाउँ तथा उद्यान निर्माणको प्रक्रिया अघि बढाइने नीति कार्यक्रममा उल्लेख छ ।

औद्योगिक सुरक्षा बलमा जोड 

औद्योगिक क्षेत्रको सुरक्षाका लागि संघीय सरकारसँगको समन्वयमा औद्योगिक सुरक्षा कल स्थापना गरिने बताउँदै सरकारले उद्योग क्षेत्रलाई प्रोत्साहन तथा प्रवद्र्धनका लागि प्रदेशमा रहेका औद्योगिक क्षेत्रको विकास गरी थप उद्योग सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार विस्तार गरिने नीति कार्यक्रममा उल्लेख छ ।

प्रत्येक स्थानीय तहमा न्यूनतम एक उद्योगग्राम स्थापना गर्नका लागि संघ र स्थानीय सरकारसँंग सहकार्य गरिने र नेपालगञ्जलाई औद्योगिक राजधानी बनाउने गरी औद्योगिक क्षेत्रका रुपमा विकास गर्ने नीति लिइने छ ।

भैरहवादेखि परासीसम्म र कपिलवस्तुको चन्द्रौटा(कृष्णनगर)लाई औद्योगिक करिडोर र दाङ उपत्यकामा औद्योगिक क्षेत्र निर्माणलाई जोड दिँदै नीति कार्यक्रममा आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन र तुलनात्मक लाभका उद्योगको प्रादेशिक तहमा सम्भ्याव्यताको खोजी गरिने जनाइएको छ ।

प्रदेशमा खनिज पदार्थ तथा बहुमूल्य धातुको अन्वेषण, अध्ययन तथा सर्वेक्षण गरिने र कृषि तथा वन पैदावारमा आधारित उद्योग खोल्न प्रोत्साहन गरिने एवं औद्योगिक विकासका लागि भन्सार नाका केन्द्रित औद्योगिक कोरिडोरको विकासका लागि सम्भावित उद्योग तथा क्षेत्रको विस्तृत अध्ययन गरिने नीति कार्यक्रममा उल्लेख छ ।

कृषि, वनलगायत निर्यातजन्य वस्तुको मूल्य अभिवृद्धिका लागि आवश्यक प्रशोधन गरेर मात्र निकासी प्रबद्र्धन गर्ने नीति लिइने र कृत्रिम अभाव, गुणस्तरहीन उपभोग्य वस्तु, भ्रमपूर्ण विज्ञापन, नापतौल ठगी, एकाधिकार तथा कार्टेलिङ¬ अन्त्य गरी स्वस्थ प्रतिष्पर्धालाई प्रोत्साहन गरिने नीति कार्यक्रममा भनिएको छ ।
रासस

Advertisement

 

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top