काठमाडौँ, पुस २२
संसदमा सार्वजनिक वक्तव्य दिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्न नदिएको भन्दै विपक्षी सांसदहरुले संसदमा हंगामा भएको छ । प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर गर्न पाउनुपर्ने माग गर्दै नेपाली कांग्रेसका सांसदहरुले संघीय संसदको प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका छन् ।
प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गरेलगत्तै कांग्रेस सांसदहरुले प्रश्नोत्तरको माग गर्दै आपत्ति जनाएपछि सभामुख कृष्णबहादुर महराले सिमित सांसदलाई प्रश्नोत्तरको समय दिएका थिए ।लगत्तै कांग्रेस सांसदहरु रोष्टम घेराउ गर्दै नाराबाजीमा उत्रिएका थिए ।
तर, कांग्रेस सांसदहरुले उक्त प्रस्ताव अस्वीकार गरेपछि सभामुख कृष्णबहादुर महराले शुन्य र विशेष समय रद्द गर्ने निर्णय गरेका थिए । प्रधानमन्त्री ओलीले रेल र पानीजहाजको विषयमा धैर्य हुन अनरोध गरेका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले रेल र पानीजहाजको काम अगाडि बढिसकेकाले यसमा धैर्य हुन अनरोध गरेका हुन् । कुल बैदेशिक सहायता बढ्नुका साथै उद्योगहरू, बैंकिङ क्षेत्रको कुल निक्षेप र नयाँ परियोजनाहरू पनि बढेको प्रधानमन्त्री ओलीले दाबी गरेका छन्।