१२ चैत, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेको संसदीय दलको बैठक शुक्रवार बस्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार तीन बजेका लागि एमालेको संसदीय दलको बैठक बोलाएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
यस्तै माधवकुमार नेपाल समूहकी सांसद रामकुमारी झाँक्रीले भने संसदीय दलको बैठक बस्ने विषयमा आफूहरूलाई जानकारी नभएको बताएकी छन् ।
यसअघि बालुवाटारमा बसेको संसदीय दलको बैठक माधवकुमार नेपाल समूहले बहिस्कार गरेको थियो ।