२४ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।
लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, समावेशी आयोगलगायतका संवैधानिक आयोगहरुमा पदाधिकारी रिक्त पदपूर्ति गर्न बैठक बोलाएको एक नेताले जानकारी दिए ।
हाल लोकसेवा आयोगमा अध्यक्षसहित सबै पदाधिकारी रिक्त छन् । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ पदाधिकारी र निर्वाचन आयोगमा एक पदाधिकारी रिक्त छ । समावेशी आयोगले पनि पूर्णता पाएको छैन ।
राजनीतिक दलहरुबीच कलह जारी रहेकै वेलामा बोलाएको परिषद् बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता सहभागी हुने सम्भावना कम रहेको बताइएको छ