×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-07-2026 || Nepal Times
Apr 07, 2026
Playing
डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिने || Nepal Times
Apr 07, 2026
Playing
‘इस्लामाबाद सम्झौता’ प्रस्तावमा के छ ? || Nepal Times
Apr 07, 2026
Playing
गिरिजाले दिए,बालेनले खोसे,’अदृश्य सरकार’ ट्रेड युनियनको दबदबाको कथा|| Nepal Times
Apr 07, 2026
Playing
बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै म्याद नथप्न परमादेशको अर्थ के हो ? || Nepal Times
Apr 07, 2026
Playing
इरानले यु*द्धविराम होइन, प्रत्याक्रमण गर्ने,एकैदिन १५५ विमान उडे|| Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी र पदाधिकारीको इन्धन सुविधामा ब्यापक कटौती, अब कति पाउँछन् ?|| Nepal Times
Apr 07, 2026
Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026

बझाङबाट भेडा/च्याङ्ग्रा चराउन चीनसम्म पुग्छन् गाेठाला

११ कार्तिक २०७७

११ कात्तिक,बझाङ ।

बझाङको हिमाली भेग साइपाल हिमाल क्षेत्रका पशुपालक किसानहरुको भेडा/च्याङ्ग्रा मासुका रुपमा खपत हुन थालेपछि दैनिकी नै परिर्वतन भएको छ ।

Advertisement

कुनै बेला खाद्यान्न ढुवानीमा बढी प्रयोग हुने च्याङ्ग्राहरु विगत पाँच वर्षयता काठमाण्डाै र पोखरा लगायतका शहरमा चाडपर्वका बेला बिक्री हुन थालेपछि बझाङको साइपाल गाउँपालिकामा व्यावसायिक रुपमा भेडा/च्याङ्ग्रा पालेर मनग्य आम्नादी गर्न थालेका छन् । दशैँका लागि ११२ वटा भेडा/च्याङ्ग्रा पोखरामा बिक्री गरेर फर्किने क्रममा धनगढी पुग्नुभएका साइपाल गाउँपालिका–१ धलनका उब्जन बोहराले यस पटक ३० लाख रुपैयाँको च्याङ्ग्राको कारोबार भएको बताए ।

“साइपालबाट बिक्रीका लागि पोखरा पुगेका १२/१४ वटा ट्रक भेडा/च्याङ्ग्रा किनबेच भए”, बोहराले भने “ यस पटक नयाँ व्यापारी पनि बझाङ्गबाट त्यहाँ पुगेको भेटिए ।”

उनले असार, साउन महिनामा आफूहरु भेडा/च्याङ्ग्रा चराउन साइपाल हिमालको पाटन हुँदै चीनको उरै भञ्ज्याङ नाका पारिसम्म वर्षौदेखि जाने गरेको बताए ।

“उरै नाका वारितर्फ चीनको गोडोहाल्ना र बैँस भन्ने ठाउँमा हामीहरु हरेक वर्ष भेडा/च्याङ्ग्रा चराउन जान्छौं”, उनले भने, “ वर्षातपछि हिउँ पर्न सुरु भएपछि तल गाउँतिर झर्छौ ।”

साइपाल हिमालको पाटन र चीनको सीमावर्ती भूमिमा भेडा/च्याङ्ग्रा चराउँन जाँदा उतै टेन्टमा बास बस्ने गरेको उनले बताए ।

“ चिनियाँहरु पनि अलि पहिलेसम्म हाम्रो क्षेत्रमा चौरीगाई चराउन आउथेँ ।” उनले चीनले उरैनाकासम्म आफ्नो भूमिमा यातायात सेवा विस्तार गरिसकेको बताए।

केही वर्षअघिसम्म डोटीको पेल्या लेकसम्म पनि बझाङ्गबाट भेडा/च्याङ्ग्रा चराउन आउने गरेको पशुपालक किसानहरुको भनाइ छ ।

“अहिले सो क्षेत्रमा रहेका सामुदायिक वनहरुले भेडा/च्याङ्ग्रा चराउन गएवापत प्रति भेडा एक सय रुपैयाँ राजश्व लिने गरेका छन्”, साइपाल गाउँपालिका–३ काँडाका मोहन बोहराले भन्नुभयो, “ भेडा/च्याङ्ग्रा पालनको व्यवसायमा लाग्ने कृषकलाई राज्यले पनि अनुदान र सहयोग गरेर प्रोत्साहन गर्नुपर्छ ।”

उनले आफू पनि ११० वटा भेडा/च्याङ्ग्रा पोखरामा बिक्री गरेर बझाङ्ग फर्किन लागेको बताए। “पोखरामा बिक्री गर्न एक साता जति समय लाग्यो”, उनले भने, “ गाउँमा प्रायः स्थानीयको व्यवसाय भनेकै भेडा/च्याङ्ग्रा पालन गर्ने हो ।”

बझाङ्ग सदरमुकाम चैनपुरबाट साइपाल गाउँपालिका पुग्न दुई दिन पैदल हिड्नुपर्ने हुन्छ । त्यहाँसम्म पुग्न पैदल गोरेटो बाटो निर्माण भइसकेको साइपाल गाउँपालिकाले जनाएको छ ।

विगत चार वर्षदेखि चाडपर्वका बेला भेडा/च्याङ्ग्रा खरिद बिक्रीमा स्थानीयहरु सोही गोरेटो बाटो प्रयोग गर्ने गरेका छन । यस पटक स्थानीय किसानहरुले च्याङ्ग्राको तौल हेरेर १९ हजारदेखि २७ हजार रपैयाँसम्म खरिद गरेर पोखरामा ३० हजार रुपैयाँ भन्दा बढी मूल्यमा बिक्री वितरण भएको जनाएका छन ।

साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीले त्यहाँका किसानहरुले वार्षिक रु डेढ देखि दुई करोडको भेडा/च्याङ्ग्रा बिक्री गर्ने गरेको बताए। उनले भेडा/च्याङ्ग्रा पालनमा सक्रिय किसानहरुलाई संघ र प्रदेश सरकारबाट अनुदान वितरण गर्ने विषयमा कुराकानी भइरहेको बताए। सो गाउँपालिकामा जडीबुटीको व्यापार चीनसित हुने गरेको छ ।

उनले चैनपुर–ताक्लोकोट सडक खण्ड निमार्णाधीन भएपनि कामको गति सुस्त भएको बताए। “हाम्रो गाउँपालिकासित जोडिन अझै २/४ वर्ष लाग्ने देखिन्छ”, उनले भने, “ट्रयाक खोल्ने काम पुस, माघमा हिउँले र वर्षातमा पानीले प्रभावित हुन्छ ।”

उता चीनले भने उत्तरी नाकाको नेपाल–चीन सीमासम्म सडक सञ्जाल विस्तार गरिसकेको उनले बताए । “पहिले नेपाल–चीन सीमाबाट तीन दिन हिडेर यो नाकाबाट कैलाश मानसरोवर तीर्थ यात्रामा जान्थे”, अध्यक्ष धामीले भने “ चीनले सीमासम्म सडक ल्याएपछि एक दिनको यात्रामा पुगिन्छ ।” गाउँपालिकाबाट चीनसितको सीमानामा पुग्न तीन÷चार दिन लाग्छ ।

Advertisement

स्थानीयलाई मानसरोवर जान गाउँपालिकाको सिफारिसमा चीनले जान अनुमती दिने गरेको छ । “कोरोनाका कारण अहिले यो नाकाबाट आवागमन ठप्प छ”, धामीले भने, “ अरु बेला यहाँबाट वार्षिक २/३ हजार तीर्थ यात्रुहरु कैलाश मानसरोवर जाने गरेको रेकर्ड छ ।”रासस

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top