बराबरीमा रोकियो बार्सिलोना, उपाधि होडमा धक्का

२८ बैशाख ७८, बुधबार

२९ बैशाख, काठमाडौँ । स्पेनिस ला लिगामा उपाधि दाबेदार टोली बार्सिलोना बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा अग्रता जोगाउन नसक्दा बार्सिलोना लेभान्टेसँग ३–३ गोलको बराबरीमा रोकिँदै अंक बाँड्न पुगेको हो ।

खेलको २५औं मिनेटमा कप्तान लियोनेल मेस्सीको गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो । ३४औं मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनाको अग्रता दोेब्बर पारे ।

त्यसपछि ५७ औं मिनेटमा गोन्जालो मेलेरोले गोल गर्दै लेभान्टेलाई २–१को स्थितीमा ल्याए । त्यसको दुई मिनेटमै जोस लुइस मोरालेसले गोल गर्दै लेभान्टेलाई खेलमा फर्काए ।

६४औं मिनेटमा औसमाने डेम्वेलेले गोल गर्दै बार्सिलोनालाई पुनः ३–२को अग्रता दिलाए । तर, ८३औं मिनेटमा लेभान्टेका सेर्जियो लिओनले गोल गर्दै बार्सिलोनासँग अंक खोस्न सफल भए ।

यो बराबरीसँगै बार्सिलोनालाई उपाधि होडमा धक्का लागेको छ । तेस्रो स्थानमा रहेको बार्सिलोनाको ३६ खेलबाट ७६ अंक छ । एक खेल कम खेलेको एट्लेटिको म्याड्रिड ७७ अंक जोडेर शीर्षस्थानमा छ । लेभान्टे ४० अंकसहित १३औं स्थानमा छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top