×

NEPAL TIMES UPDATES

Playing
सुकुम्बासीमा डोजर लगाउन सर्वाेच्चले रोक्यो|| Nepal Times
May 08, 2026
Playing
आशाको केन्द्र मानिएका गगन मौनताको ओडारमा || Nepal Times
May 08, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-25-2083 || Nepal Times
May 08, 2026
Playing
प्रधानन्यायाधीश सिफारिस किन विवादमा पर्याे ? नोट अफ डिसेन्टमा के छ ? || Nepal Times
May 08, 2026
Playing
के कोरोना जस्तै हो हान्टा भाइरस ?८ केस भेटियो,१४९ यात्रु क्रुजमै फसे || Nepal Times
May 08, 2026
Playing
के क्यानडालाई ट्रम्पले टुक्र्याउन लागेका हुन् ? जनमतसंग्रह हुँदै|| Nepal Times
May 08, 2026
Playing
World News:होर्मुजमा जहाजको जाम,२० हजार मानिस फसे,क्यानडा टुक्रिन सक्ने|| Nepal Times
May 08, 2026
Playing
लेखापालले बिहेमा हवाइ फायरिङ गरेपछि|| Nepal Times
May 08, 2026
Playing
UAE मा क्षेप्या*स्त्र र ड्रो*न ख*त*रा, नागरिकलाई गराइयो अलर्ट || Nepal Times
May 08, 2026
Playing
गौतमबुद्ध क्रिकेट रंगशाला बजेट अभावले फेरि अलपत्र|| Nepal Times
May 08, 2026

बागलुङमा विश्वकै नमुना शालिग्राम सङ्ग्रहालय निर्माण

१९ पुष २०७६

१९ पुस, पोखरा ।
हिन्दू धर्मावलम्बीले पुज्ने गरेको शालिग्रामको संरक्षण र प्रवद्र्धन गर्न बागलुङमा विश्वकै नमुनाका रूपमा सुरुङभित्र सङ्ग्रहालय निर्माण गरिएको छ । करिब एक सय मिटर लामो सुरुङभित्र निर्माण गरिएको सङ्ग्रहालयमा कालीगण्डकी नदीमा मात्र पाइने हिन्दूको पुज्य साढे एक लाख शालिग्राम, गण्डकी सभ्यता, विश्वका विभिन्न नदीमा पाइने शिला सङ्ग्रहित गरिएको सङ्ग्रहालय विश्वकै नमुना सङ्ग्रहालयका रूपमा दाबी गरिएको छ ।

सङ्ग्रहालयमा विभिन्न पुराणहरूमा लेखिएका दुर्लभ शालिग्रामका शिला, विश्वका विभिन्न नदीमा पाइने शिलासँगै गण्डकी सम्पूर्ण पहिचान दिने गरी त्रिवेणीधामदेखि मुक्तिनाथसम्मको छ सय किलोमिटर दूरीलाई ८० मिटरको फ्रेममा अध्ययन गर्न मिल्ने बनाइएको े स्वामी प्रपन्नाचार्यले जानकारी दिए । बागलुङ नगरपालिका–४, कुँडुलेस्थित रङ्गबेङ्कटेश मुक्तिनाथ मन्दिर, मुिक्तनाथ वेदविद्याश्रम, तिरुपति बालाजीधाम मन्दिर परिसरमा निर्माण गरिएको सङ्ग्रहालय भावी पुस्ताका लागि अध्ययनको गन्तव्य बन्न सक्ने उनले बताए ।

Advertisement
Advertisement

करिब छ करोड रुपियाँको लागतमा निर्माण भएको उक्त सङ्ग्रहालयका लागि गण्डकी प्रदेश सरकारबाट ८० लाख रुपियाँ र बागलुङ नगरपालिकाबाट १० लाख रुपियाँ विनियोजन गरेको थियो । कालीगण्डकी नदीको सभ्यतालाई परिचित गराउनका लागि कालीगण्डकी नदीको आठ–दस किलोमिटर दायाँबायाँ रहेका सहर, बजार, नदीनाला, धार्मिक स्थल, त्यस क्षेत्रमा पाइने वन्यजन्तुका बारेमा प्रस्ट्याउने प्रयास गरिएको छ ।

वैष्णव तथा अन्य सनातनीले विष्णुको अवतारका रूपमा पुज्दै आएका शालिग्राम संरक्षण तथा त्यसको महत्वलाई विश्वव्यापीकरण गर्न सक्रिय स्वामी श्रीधराचार्यको नाममा सङ्ग्रहालय निर्माण गरिएको स्वामी प्रपन्नचार्यले बताए । मानव निर्मित सुरुङभित्र श्रीधराचार्य खण्ड, गण्डकी खण्ड, शालिग्राम खण्ड निर्माण गरिएको छ ।

गण्डकी खण्डमा गण्डकी सभ्भाव्यता, शालिग्राम खण्डमा विभिन्न प्रकृतिका दुर्लभ शालिग्रामको सङ्ग्रह, श्रीधराचार्य खण्डमा श्रीधराचार्यले गण्डकी सम्पूर्णता तथा शालिग्रामका बारेमा लेखेका पुस्तक, खोज, अनुसन्धान अध्ययन गर्न सकिने र अर्को खण्डमा ११२ जना बस्न मिल्ने सभाहलसमेत निर्माण गरिएको छ । बागलुङ बजारदेखि तीन किलोमिटर पर कुँडुलेमा निर्माण गरिएको शालिग्राम सङ्ग्रहालय अवलोकनका लागि आउनेको सङ्ख्या बढ्न थालेको छ ।

हिन्दू धर्मावलम्बीहरूको प्रमुख धार्मिक गन्तव्य मु्क्तिनाथ जाने मार्ग नजिकै भएकाले त्यहाँ पुग्नेहरू एक पटक यहाँ आएर फर्कने गरेको ऋषि प्रपन्नचार्यले बताए । करिब १४ वर्ष खोज अनुसन्धानबाट सङ्ग्रहित गरिएका शालिग्रामलाई सुरक्षित रूपमा सङ्ग्रहालयमा सजाएर राखिएको उनले बताए । नेपालको कालीगण्डकी नदीमा पाइने शालिग्राम शिलाबाहेक भारत, चीन, पाकिस्तानलगायत देशका नदी तथा समुद्रमा पाइने शिलाहरूलाई समेत सजाएर राखिएको छ ।

बागलुङ बजारदेखि नजिक भएको र लामो अध्ययन, नयाँ तरिकाले सङ्ग्रहालय निर्माण भएकाले यसले बागलुङमा पर्यटन प्रवद्र्धनमा थप मद्दत पुग्ने बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले बताए ।

Advertisement
Advertisement

बागलुङ कालिका भगवती मन्दिर, पञ्चकोट, शालिग्राम सङ्ग्रहालय नजिकै रहेको र एकै दिनमा यी तीनै धार्मिक स्थलको अवलोकन गर्न सकिने भएकाले पोखरा तथा मुक्तिनाथ आउँने पर्यटकलाई यहाँसम्म आकर्षित गर्न सक्ने पौडेलको दाबी छ । (गोरखापत्रबाट)

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top