बाग्मतीमा भोलि, लुम्बिनीमा १७ जेठमा राष्ट्रिय सभाको उपनिर्वाचन

४ जेठ ७८, बुधबार

५ जेठ, काठमाडौं ।

राष्ट्रिय सभा दुई रिक्त पदका लागि निर्वाचन आयोगले तयारी अन्तिम चरणमा पु–याएको छ । बाग्मती प्रदेशतर्फ भोलि बिहीबार र लुम्बिनी प्रदेशतर्फ रिक्त एक सदस्यका लागि १७ जेठमा उपनिर्वाचन तोकिएको हो ।

बाग्मती प्रदेश उपनिर्वाचनमा तीन उम्मेदवार र ३ सय ४८ मतदाता छन् । लुम्बिनी प्रदेशमा भने दुई जनाको उम्मेदवारी परेको छ । सो प्रदेशमा २ सय ९६ मतदाता छन् ।

बाग्मती प्रदेशमा हुने उपनिर्वाचनका लागि नेकपा एमालेबाट रामबहादुर थापा ‘बादल’, कांग्रेस, माओवादी केन्द्र र जसपाबाट डा. खिमलाल देवकोटा उम्मेदवार तथा नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।

लुम्बिनीमा एमालेका तर्फबाट चन्द्रबहादुर खड्काले उम्मेदवारी दिएका छन् । उनी नेकपा (माओवादी केन्द्र)बाट एमालेमा प्रवेश गरेका थिए ।

यसैगरी, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डेको उम्मेदवारी परेको छ । यसअघि, पाण्डे लुम्बिनी प्रदेशसभा सदस्यमा एमालेका तर्फबाट निर्वाचित थिए । तर, अहिले कांग्रेसमा आबद्ध उनी केही दिनअघि मात्रै पार्टी प्रवेश गरेका हुन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top