बिहेको उमेर नपुग्दै सन्तानको रहर पूरा !

१९ पुस ७४, बिहीबार

बैतडीको डिलासैनी गाउँपालिका–३ रुद्रेश्वरकी वसन्ती बोहरा २० वर्ष पुगिन् । बिहेको उमेर नहुँदै दुई सन्तानकी आमा बनेकी वसन्तीले स्थायी परिवार नियोजन गरिसकेकी छन् ।

मकवानपुरको राक्सिराङ– ७ काँकडाका किशोरी आमा बच्चा बोक्दै । उनीहरूको ११ देखि १३ वर्षमै विवाह भएको हो ।

सिगास गाउँपालिका–२ धौलाडीकी निर्मला धामीको बल्ल बिहे गर्ने बेला भयो । २१ लागेकी धामीका दुई सन्तान छन् ।

Advertisement

१६ वर्षमै बिहे भएकी उनले पनि स्थायी परिवार नियोजन गरेकी छन् । ‘बिहेबारे थाहा नहुँदै आफ्नो बिहे भयो । धेरै सन्तान जन्माएर कसरी हुर्काउनु  ?’ निर्मलाले भनिन्, ‘दुई छोराछोरी भएपछि अब नजन्माउने सहमतिमा बन्ध्याकरण गरेका हौं ।’

वसन्तीको १५ वर्षको उमेरमा ७ कक्षा पढ्दा बिहे भएको थियो । १६ वर्षमा पहिलो र १८ पुग्दा दोस्रो छोरा जन्मिएको हो ।

बिहेलगत्तै गर्भवती भएपछि उनले पढ्न पाइनन् । ‘१५ वर्षमा बिहे भयो, १८ वर्ष पुग्दा दुई छोरा जन्मिए, धेरै सन्तान नजन्माउने सोचले परिवार नियोजन गरेकी हुँ,’ वसन्तीले भनिन्, ‘पढेर जागिर गर्ने धोको अधुरै रह्यो ।’, आजको कान्तिपुरमा यो खबर छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top