×

NEPAL TIMES UPDATES

Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026

अमेरिकीका लागि भिसा नीति परिवर्तन

२० पुष २०७४

सरकारले अमेरिकी नागरिकलाई दिने प्रवेशाज्ञा (भिसा) शुल्क र अवधिमा परिवर्तन गरी अध्ययन, कामदार र पत्रकारसलगायत गैर पर्यटकीय भिसा समान बनाएको छ। अब दुवै देशले एकअर्काका नागरिकलाई दिने भिसा अवधि र लाग्ने शुल्क समान भएको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

मन्त्रिपरिषद्को पुस १३ को बैठकले अमेरिकी प्रस्तावबमोजिम अध्ययन, कामदार र पत्रकार भिसा शुल्क र अवधिमा एकरूपता कायम गर्ने निर्णय गरेको हो। पर्यटक भिसामा भने थप छलफल गर्नुपर्ने भन्दै एकरूपता कायम हुन सकेन। नेपालस्थित अमेरिकी दूतावासले गत असोज १९ मा अमेरिकी नागरिकप्रति नेपालको नीति समान बनाउन तथा भिसाको किसिम, अवधि र लाग्ने शुल्कमा हेरफेर गरी पर्यटक, अध्ययन, कामदार र पत्रकार भिसाको शुल्क र अवधिमा एकरूपता कायम गर्न परराष्ट्र मन्त्रालयमार्फत प्रस्ताव गरेको थियो।

Advertisement
Advertisement

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद दुवाडीले अध्ययन, कामदार र पत्रकार भिसामा दुवै देशबीच समानता कायम गर्ने निर्णय भएको पुष्टी गरे।

मन्त्रिपरिषद्को निर्णय अनुसार दुवै देशले विद्यार्थीका लागि ३ सय ६० अमेरिकी डलरमा पाँच वर्ष (अध्ययन अवधिभर)का लागि बहुप्रवेशी (मल्टीपल) अध्ययन भिसा जारी गर्नेछन्। अब दुवै देशका कामदारले १ सय ९० अमेरिकी डलरमा ३ वर्षको बहुप्रवेशी भिसा पाउने छन्। पत्रकारलाई पनि दुवै देशले १ सय ६० अमेरिकी डलरमा ५ वर्षको बहुप्रवेशी भिसा जारी गर्ने छन्।

Advertisement

परराष्ट्र मन्त्रालयले अमेरिकी दूतावासका अधिकारीसँगको छलफलपछि पर्यटक भिसामा पनि एकरूपता कायम गर्न थप छलफल गर्नुपर्ने राय दिएको थियो। गृहले परराष्ट्रको रायबमोजिम नै प्रस्ताव पठाएपछि मन्त्रिपरिषद्ले पर्यटक भिसामा थप अध्ययन गर्नुपर्ने भन्दै अध्ययन, कामदार र पत्रकार भिसामा मात्र एकरूपता कायम गर्ने निर्णय गरेको हो।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top