NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ? सोमवार मंसिर १ , २०८२
एनपीएलबारे सबै जानकारीःप्रत्यक्ष प्रशारणदेखि आम्दानी र पुरस्कारसम्म सोमवार मंसिर १ , २०८२
देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो सोमवार मंसिर १ , २०८२
जेनजीले छुट्टाछुट्टै दल खोल्दा पुन रिसाए, भने ‘आन्दोलनको लक्ष्य तुहिन्छ’ सोमवार मंसिर १ , २०८२
आजदेखि फेस्टिबल अफ हिमालयः जनकपुरलाई काठमान्डुको चुनौती सोमवार मंसिर १ , २०८२
Next
Prev

समाचार

बेपत्ताका परिवार भन्छन्– ‘आउने बाटो हेर्दै आँखा थाकिसके’

आइतवार मंसिर १४ , २०७७
Reading Time: 1 min read
A A
बेपत्ताका परिवार भन्छन्– ‘आउने बाटो हेर्दै आँखा थाकिसके’
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

कालीकोट : सशस्त्र द्वन्द्वका क्रममा १९ वर्षअघि जिल्ला शिक्षा कार्यालयले पत्र लेखेर बोलाएपछि घरबाट सदरमुकाम मान्म गएका सालडाँडा प्रावि पोरिपाल्नीका शिक्षक भद्रबहादुर बोगटीलाई जिशिअ युवराज शर्माले प्रहरीलाई बुझाए ।

प्रहरीले सेनाको भैरव गुल्ममा बुझाएपछि उनी हालसम्म कहाँ छन् भन्नेबारे आफन्तलाई थाहा छैन । उनलाई गुल्ममै यातना दिएर हत्या गरिएको आफन्तको अनुमान छ तर कुनै खबर नहुँदा घरपरिवार अझै कतै छन् कि भन्ने आशामै बसेका छन् । उनका भतिजा निर्मल विष्टलाई पनि त्यतिबेलै गस्तीमा मान्म पुगेको सुरक्षा फौजले पक्राउ गरेर बेपत्ता बनाएको छ ।

माओवादीको आरोपमा घरबाटै पक्राउ गरेर बेपत्ता बनाइएका खाँडाचक्र–२, गैरागाउँका शिक्षक बोगटीको परिवारले बेपत्ता पारिएका व्यक्ति छानबिन समिति अध्यक्ष युवराज सुवेदीसहितका अधिकारीसँग गुनासो पोख्दै बेपत्ताबारे जानकारी दिनुपर्ने माग राखे । ‘एक दुई दिन हराउँदा त कति छटपटी र तनाव हुन्छ,’ शुक्रबार बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगद्वारा आयोजित पीडित पहिचान तथा परिचयपत्र वितरणसम्बन्धी सरोकारवालासँगको अन्तक्र्रियामा बोगटीकी पत्नी अविसराले भनिन्, ‘बाटो हेर्दै आँखा थाकिसके, कि सास चाहियो कि लास चाहियो ।’

मान्म गाउँको पारिपट्टि पर्ने भर्तास्थित सालडाँडा प्राविका प्रधानाध्यापक बोगटीलाई जिशिअले नै पत्र लेखेर बोलाएर पछि बेपत्ता पारिएको उनका छोरा नरेन्द्रले बताए । सेनाको क्याम्पमा लिएपछि बुझ्न जाँदा ‘खै थाहा छैन’ भन्ने जवाफ मात्र पाइएको उनले सुनाए । शिक्षक बोगटीका ३ नाबालक छोराछोरी हाल जवान भइसकेका छन् । उनीहरूले बुबा बेपत्ता भएकाले उनका नाममा रहेको जग्गाजमिन पनि आफ््ना नाममा नामसारी गर्न पाएका छैनन् । ‘बाबा नहुँदाको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ,’ नरेन्द्र बोगटीले भने, ‘द्वन्द्वपीडितले पाउने सुविधा पनि पाका छैनौं ।’

सान्नीत्रिवेणी गाउँपालिका–६ की ३७ वर्षीया सुपारी विकले १९ वर्षदेखि सेनाले पक्राउ गरेर बेपत्ता बनाएका उनका पति रामे सुवारबारे अझै अत्तोपत्तो पाएकी छैनन् । ‘सेनाले हेलिकप्टरमा हालेर मान्म ल्याएको हो,’ उनले भनिन्, ‘अझै घर फर्किएका छैनन् ।’ उनका पति पक्राउ पर्ने बेला १ वर्ष र ३ वर्ष भएका छोराछोरी जवान भइसके । बाबाको अनुहार देख्न पाएकी छैनन् । उनले पतिको खोजीमा ३ पटक सदरमुकाम पुगेपछि कुनै खबर पाउन नसकेको गुनासो पोख्दै जिउँदो भए सास मरेको भए लास दिनुपर्ने माग राखिन् ।

०५८ मंसिर ४ गते अछामको मंगलसेन आक्रमणका दोषी खोज्दै गाउँ पसेको सुरक्षा फौजले फागुन १७ गते मेहेलमुडीस्थित आफैँ घरमा बसिरहेका दले सार्की र पिचे सार्कीलाई घरबाट कुटपिट गर्दै हेलिकप्टरमा राखेर मान्मतिर ल्याएपछि हालसम्म परिवारले कुनै जानकारी पाउन सकेको छैन । घरबाटै लात्तीले कुट्दै हेलिकप्टरमा हालेर ल्याएका हुन् । बेपत्ता सार्कीद्वयका जेठा दाइ रंगराजले भने, ‘नेकपाको सरकार हुँदा पनि बेपत्ताको खोजी भएन ।’ उनी हाल सान्नीत्रिवेणी ६ का वडाध्यक्ष छन् । बेपत्ता परिवारले सरकारी निकायबाट पाउने सेवासुविधा पनि नपाएको उनको भनाइ छ । उनले बेपत्ता पारिएकालाई मारिएको हो भने ठाउँ देखाइदिए पनि आफ्नो मन शान्त हुने बताए ।

खाँडाचक्र नगरपालिका–११ का ग्याल्जने दमाईका भाइ नन्दे बेपत्ता भएको पनि १९ वर्ष पुग्यो तर हालसम्म परिवारले मरे–ज्युँदाको जानकारी पाएको छैन । छोरा धनरामे दमाईलाई सेनाले पक्राउ गरेर हत्या गरे । भाइका बारे कुनै जानकारी नभएको ग्याल्जनेले गुनासो पोखे । राज्यले सहिद परिवारलाई सुविधा दिए पनि बेपत्ताका परिवारलाई बेवास्ता गरेको गुनासो उनले पोखे ।

शनिबार सशस्त्र द्वन्द्वमा राज्य पक्षबाट बेपत्ता पारिएका व्यक्तिका परिवारले आफ्नो पीडा मात्र पोखेनन्, बेपत्तालाई साँच्चै पत्ता लगाउन नसकिने भए मृतक घोषणा गरेर दिनुपर्ने सेवासुविधा उपलब्ध गराइदिन पनि माग राखे । कालीकोटमा इन्सेकको तथ्यांकमा राज्य पक्षबाट २१ र माओवादीबाट ४ जना गरी २५ जना बेपत्ता भएको उल्लेख भए पनि छानबिन आयोगमा ४५ जना बेपत्ता भएको उजुरी छ । आयोगमा परेको उजुरीअनुसार सबैभन्दा बढी रास्कोटका ९ जना बेपत्ता छन् । नरहरिनाथका ८, खाँडाचक्रका ७, शुभकालिकाका ५, पचालझरना, तिलागुफा र महाबैका ४/४, सान्नीत्रिवेणीका ३ र पलाँताका १ जना बेपत्ता छन् ।, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

लोकप्रीय

नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?

नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?

सोमवार मंसिर १ , २०८२
एनपीएलबारे सबै जानकारीःप्रत्यक्ष प्रशारणदेखि आम्दानी र पुरस्कारसम्म

एनपीएलबारे सबै जानकारीःप्रत्यक्ष प्रशारणदेखि आम्दानी र पुरस्कारसम्म

सोमवार मंसिर १ , २०८२
देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

सोमवार मंसिर १ , २०८२

विचार

थप समाचार

नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?
खेलकुद

ताजा समाचार

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

सोमवार मंसिर १ , २०८२
महावीर पुनलाई रविले भने– हाम्रा २१ सांसद तपाईंसँग छन्
ताजा समाचार

जेनजीले छुट्टाछुट्टै दल खोल्दा पुन रिसाए, भने ‘आन्दोलनको लक्ष्य तुहिन्छ’

सोमवार मंसिर १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

00:17:24

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

World News: स्टार्मरको कुर्सी हल्लियो, फ्रान्ससंग ट्रम्प रुष्ट, पाकिस्तानलाई भारतको जवाफ

00:20:29

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

सोमवार मंसिर १ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपालमा सबैभन्दा बढी कर तिर्ने १६ करदाता

नेपालमा सबैभन्दा बढी कर तिर्ने १६ करदाता

सोमवार मंसिर १ , २०८२

हालका पोस्टहरू

नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?

नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?

सोमवार मंसिर १ , २०८२
एनपीएलबारे सबै जानकारीःप्रत्यक्ष प्रशारणदेखि आम्दानी र पुरस्कारसम्म

एनपीएलबारे सबै जानकारीःप्रत्यक्ष प्रशारणदेखि आम्दानी र पुरस्कारसम्म

सोमवार मंसिर १ , २०८२
देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

सोमवार मंसिर १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.