२६ मंसिर, एजेन्सी । बेलायतमा आज संसदीय निर्वाचन हुँदैछ । पाँच वर्षको अवधिमा आजको निर्वाचन तेस्रोपटक हुन लागेको हो ।
यसअघि २०१५ र २०१७ मा पनि संसदीय निर्वाचन भएको थियो ।
इंगल्याण्ड, वेल्स, स्कटल्याण्ड र नर्थन आयरल्याण्ड गरी ६५० निर्वाचन क्षेत्रमा स्थानीय समयअनुसार बिहान ७ बजेदेखि मतदान हुनेछ । पहिलो हुने प्रणाली अन्तर्गत निर्वाचनमा ६५० सांसद छानिनेछन् ।
निर्वाचन लगत्तै मतगणा गरिने र शुक्रबार विहान सम्ममा अधिकांश स्थानको नतिजा सार्वजनिक हुने अनुमान गरिएको छ ।
यसपालि सन् १९७४ पछि पहिलोपटक चिसो मौसममा निर्वाचन हुन लागेको हो । डिसेम्बर महिनामा सन् १९२३ पछि पहिलो पटक हुन लागेको हो ।
निर्वाचन मामिला हेर्ने वाचडगले मतदानका क्रममा सेल्फी वा अन्य तस्बिर नखिच्न सचेत गराएका छन् । निर्वाचनपछि अहिलेकै प्रधानमन्त्री बोरिस जोहन्सन वा विपक्षी नेता जेरेमी कोर्बीनमध्ये कुनै एक जना प्रधानमन्त्री हुने आँकलन भइरहेको छ ।