विराटनगर,असार १५
प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले नेपालकै पूरानो भद्रपुर नगरपालिकालाई समृद्धिसहितको विकास उन्मुख नगर बनाउन प्रदेश सरकार तयार रहेको बताएका छन ।
भद्रपुर नगरपालिकाले आज आयोजना गरेको दोस्रो नगर सभालाई सम्बोधन गर्दै कानुन मन्त्री कार्कीले पूर्वी क्षेत्रको व्यापारिक द्धार, शान्ति र समृद्धिसहितको भद्रपुर शहर भन्ने नगरको नारालाई पूरा गर्न प्रदेश सरकारले सधै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन । गाउँउन्मुख भद्रपुर नगर मृत शहर नभएर नमुना नगरको रुपमा विकास गर्नुपर्नेमा जोड दिदै उनले नगरमा करोडौका योजनाका कामहरु अलपत्रमा अवस्था रहेकोले तत्काल यसको अनुगमन गरी ठोस निकास दिने बताए ।
नगर भित्र भइरहेको निर्माण कार्य पुरा नगर्ने निर्माण कम्पनीलाई कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाउने उनले बताएका छन । सोही अवसरमा नगर प्रमुख जीवनकुमार श्रेष्ठ र उपप्रमुख चन्द्रमाया श्रेष्ठले आगामी आर्थिक बर्षका लागि ७२ करोड ३८ लाख १७ हजारको वजेटसहितको नीति तथा कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।