२८ बैशाख, काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)का नेता सुब्रमन्यम स्वामीले भारतको रोजाई केपी शर्मा ओली भएको बताएका छन् ।
नेपालमा नयाँ सरकार गठनको तामझाम तीव्र भैरहेको बेला पूर्वकेन्द्रिय कानून र न्याय मन्त्रीसमेत रहेका स्वामीले यस्तो बताएका हुन् । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ प्रधानमन्त्री बने चीनले जित्नेसमेत बताए ।
‘नेपालबारे मेरो जानकारीमा भएसम्म ओली भारतको रोजाइ थिए । प्रचण्ड प्रधानमन्त्री भएमा चीनले जित्नेछ ।’ उनले ट्विटरमार्फत् भनेका छन् ।