भारतमा अहिले पनि झण्डै ५० प्रतिशतले मास्क लगाउँदैनन्, ६४ प्रतिशतले मुख मात्रै छोप्छन्

८ जेठ, काठमाडौं ।

भारतमा अहिले पनि झण्डै ५० प्रतिशत मानिसले मास्क नलगाउने गरेको पाइएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले हिजो सार्वजनिक गरेको विवरण अनुसार एक अध्ययनले अझै पनि ५० प्रतिशत मानिसले मास्क नलगाउने गरेको देखाएको छ ।

Advertisement

यस्तै, मास्क लगाउने गरेकाहरूमध्ये पनि झण्डै ६४ प्रतिशतले मुख मात्रै छोप्ने तर नाक नछोप्ने गरेको पाइएको छ । १४ प्रतिशत नागरिकले मात्रै मास्कको सही उपयोग गरेका पाइएको छ ।

मास्कसहित स्वास्थय मापदण्डको सही प्रयोग नगर्दा जोखिम झनै बढ्दै गएको अध्ययनलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Advertisement

भारतमा सङ्क्रमण बढ्दै गए पनि स्वास्थ्यका मापदण्ड पालना भने लापरबाही छ । राजधानी नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका सहसचिव लव अग्रवालले भने–’हालैको एक अध्ययनबाट झण्डै ५० प्रतिशत मानिसले मास्क नलगाउने गरेको पाइएको छ ।’

उनले मास्क लगाउने गरेकाहरूमध्ये पनि झण्डै ६४ प्रतिशतले नाक राम्ररी नछोप्ने गरेको पाइएको बताए । सहसचिव अग्रवालका अनुसार १९ राज्यमा भने ५० हजारभन्दा कम सक्रिय सङ्क्रमितहरु रहेका छन् ।

कर्नाटक, पश्चिम बङ्गाललगायतका केही राज्यहरुमा २५ प्रतिशतभन्दा बढीमा सङ्क्रमण नै देखिने गरेको उनले बताए ।

’कुनै एउटा व्यक्तिले दूरी कायम गरेन भने औसतमा एक महिनामा ४०६ जनालाई सङ्क्रमित गराउन सक्ने देखिएको छ,’ उनले भने । अध्ययनका आधारमा पनि उनले भौतिक दूरी कायम गर्न र मास्क लगाउन अति आवश्यक रहेकोमा जोड दिए ।

भारतमा कोरोना भाइरसका नयाँ बिरामीको सङ्ख्या घट्दै गए पनि कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको दैनिक सङ्ख्यामा कमी आउन सकेको छैन । भारतमा अझै पनि झण्डै ३० लाख जनामा सक्रिय सङ्क्रमण छ ।

भारतमा गएको २४ घण्टामा दुई लाख ५४ हजार ३ सय ९५ जना नयाँ सङ्क्रमित थपिएका छन् भने चार हजारभन्दा धेरैको ज्यान गएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top