मिल्नै लाग्दा एमालेमा फेरि अन्योल

८ जेठ, काठमाडौं ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद एकता सँघारमा पुग्दैगर्दा फेरि अन्योल बढेको छ ।

विवाद समाधानका लागि गठित कार्यदल बैठकसमेत अनिश्चित भएको छ । पार्टी विवाद समाधानार्थ गठित कार्यदल बैठक पछिल्लो विकसित राजनीतिक घटनाक्रमसँगै अनिश्चित बनेको छ ।

Advertisement

कार्यदलको शुक्रबार बसेको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेर सकिएको छ । अर्को बैठक ‘कहिले बस्ने ?’ निश्चित छैन । एमाले वरिष्ठ नेता माधवकुमार नेपालनिकट सांसदले शुक्रबार प्रमुख विपक्षी कांग्रेस सभापति शेरबहादुर देउवालाई ‘प्रधानमन्त्री पदमा समर्थन गर्दै हस्ताक्षर गरे’पछि पार्टी विवाद झन् चुलिएको हो ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको विरोधमै उत्रिएर प्रमुख प्रतिपक्षी नेतालाई समर्थन गर्नु, आफ्नै दलका उम्मेदवारलाई राष्ट्रिय सभा सदस्यमा पराजित गराउने अभियानमा लाग्नुलगायत कारण एकतामा गम्भीर प्रश्न उठेको कार्यदल सदस्य प्रदीप ज्ञवालीले बताए ।

‘राष्ट्रिय सभा उपनिर्वाचनमा देखिएका परिदृश्य, शुक्रबार शेरबहादुर देउवालाई सरकार बनाउने सन्दर्भमा माधव नेपालसहित कतिपय माननीयका हस्ताक्षर विषयलगायतका विभिन्न प्रश्नमा छलफल गरेका छौं,’ ज्ञवालीले भने,

‘साथीहरूले संसद् विघटन हुने हो कि भन्ने चिन्ता पनि प्रकट गर्नुभएको छ । हामीले विघटन हुँदैन भन्नेमा विभिन्न ढंगले आश्वस्त तुल्याउने कोशिस गरेका छौं । तर, कुनै निष्कर्ष निकाल्न सकेनौं ।’

यो समाचार आजको राजधानी दैनिकमा छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top