भारतमा पछिल्लो ४० दिनयताकै थोरैमा कोरोना सङ्क्रमण पुष्टि

११ जेठ, काठमाडौं ।

भारतमा दैनिक विवरणअनुसार पछिल्लो ४० दिनयताकै थोरै एक लाख ९५ हजार आठ सय १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

दैनिक चार लाखभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएकोमा केही दिनदेखि सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या घटिरहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

एक महिनाअघि ८१ दशमलव ७ प्रतिशत रहेको निको हुने दर पनि बढेर ८८ दशमलव ७ प्रतिशत पुगेको छ । एक महिनाअघि १७ दशमलव १७ प्रतिशत सक्रिय सङ्क्रमित रहेकोमा अहिले घटेर १० दशमलव १७ प्रतिशतमा झरेको छ ।

सङ्क्रमण पुष्टि हुने र निको हुने दरमा सुधार आए पनि ज्यान गुमाउनेको सङ्ख्यामा भने धेरै सुधार नभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्लो २४ घण्टामा तीन हजार चार सय ९८ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।

भारतमा नयाँ सङ्क्रमणमा कम र निको हुने दर बढेपछि अस्पतालहरुमा अक्सिजन लगायतको अभाव कम भएको छ । तर कोरोना सङ्क्रमितमा देखिएको ब्ल्याक फङ्गस अर्थात कालो ढुसीको समस्या बढ्दै गएपछि अर्को चिन्ता थपिएको छ ।

भर्खरको समाचार

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

सम्बन्धित समाचार

Scroll to Top