१२ जेठ, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउनका लागि पहल गरिदिन भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई पत्र पठाएकी छन् ।
राष्ट्रपति भण्डारीले कुटनीतिक माध्यममार्फत भारतका राष्ट्रपति कोविन्दलाई नेपालमा खोप उपलब्ध गराउनको लागि पहल गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।
पत्रमा राष्ट्रपति भण्डारीले नेपालमा कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा भारतले गरेको सहयोगलाई लिएर धन्यवाद दिँदै तत्काल खोप उपलब्ध गराउन पहल गरिदिन आग्रह गरीकी छन् ।
राष्ट्रपति भण्डारीले आज एकै दिन दुई छिमेकी देशका समकक्षीसँग खोप उपलब्ध गराउन आग्रह गरेकी हुन् ।