भारतीय सेना प्रमुखको भ्रमणले दुई देशबीचको तिक्तता हट्न सक्ने

१८ कात्तिक ७७, बुधबार

काठमाडौं : भारतीय स्थल सेना प्रमुख मनोजमुकुन्द नरवणेको तीन दिने नेपाल भ्रमणले दुई देशबीचको तिक्तता हट्न सक्ने सम्भावना रहेको छ । दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन सेना प्रमुख नरवणेको भ्रमणले सहज स्थिति सिर्जना हुन सक्ने संकेत देखिएको छ ।

यसअघि परम्परागत रूपमा भारतीय सेना नेपाली सेनाको निमन्त्रणामा आउने गरेको भए पनि यस पटकको भ्रमणलाई विशेष रूपमा लिइएको छ । सेनापति मनोजकुमार नरवणे नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा नेपाल आउन लागेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नेपाली सेनाको मानार्थ रथीको दर्जा दिनेछिन् । यसअघि भारतका सेना प्रमुखलाई पनि मानार्थ रथीको दर्जा ग्रहण गराउँदै आइएको भए पनि यसपटकको नरवणेको भ्रमणले विशेष अर्थ राख्नेछ ।

उनले सो दर्जा पाएसँगै यहाँ राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ । कालपानी, लिम्पियाधुरा र लिपुलेकलगायतका सीमा विवादका कारण दुई देशबीच तिक्तता बढिरहेको बेला नरवणेको भ्रमणले दुई देशको राजनीतिक र कूटनीतिक तहमा लागेको ग्रहण केही हदसम्म हट्ने अपेक्षा लिइएको छ । भारतले काश्मीरको समस्याबाट उन्मुक्ति पाउन आफ्नो युनियन सरकारअन्तर्गत राखेसँगै नयाँ जारी भएको राजनीतिक नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएपछि दुई देशको सम्बन्धमा तिक्तता आएको थियो ।, यो समाचार आजको राजधानी दैनिकमा छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top