भुटानको भूमि चीनले मिचेको भारतीय मिडियाको भनाई भुटानद्वारा खारेज

0SHARES

६ मंसिर २०७७ नेपाल टाईम्स

६ मंसिर, एजेन्सी ।
चीनले आफ्नो क्षेत्रमा गाउँ बिस्तार नगरेको भुटानले बताएको छ ।

भारतीय सञ्चारमाध्यमहरुमा चीनले भुटानको भूमि मिचेर गाउँ बिस्तार गरेको खबर प्रकाशित भएको थियो । तर भुटानले सो खबर खारेज गरेको भारतीय पत्रिका द हिन्दुले जनाएको छ ।

चीनले सीमाबाट दुई किलोमिटर भुटान तर्फ गाउँ बिस्तार गरेको दाबी गरिएको थियो । तर भारतका लागि भुटानी राजदूत वेतसोप नामग्यालले सो खबर खारेज गरेका हुन् ।

नामग्यालले द हिन्दुसँग भनेका छन्, ‘भुटान भित्र चीनको कुनै पनि गाउँ छैन ।’

विज्ञापन बक्स