भेरोसेलको दोस्रो डोज ललितपुर महानगरमा जेठ ६ देखि १३ गतेसम्म लगाइने

भेरोसेलको दोस्रो डोज ललितपुर महानगरमा जेठ ६ देखि १३ गतेसम्म लगाइने

३ जेष्ठ, ललितपुर । ललितपुर महानगरपालिकाले आउँदो बिहिबारदेखि कोरोना भाइरस विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ ।

नगर कार्यपालिकाको बैठकले जेठ ६ गते बिहिबारदेखि जेठ १३ गतेसम्म खोप लगाउने निर्णय गरेको नगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।

यस अघि चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाएकाहरुको लागि दोस्रो डोज खोप दिन लागेको महर्जनले बताए ।

महानगरपालिकाले २९ वटै वडाहरुमा खोप केन्द्र राखेर सकेसम्म कम भिडभाड हुने गरी खोप कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.