३ जेष्ठ, ललितपुर । ललितपुर महानगरपालिकाले आउँदो बिहिबारदेखि कोरोना भाइरस विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ ।
नगर कार्यपालिकाको बैठकले जेठ ६ गते बिहिबारदेखि जेठ १३ गतेसम्म खोप लगाउने निर्णय गरेको नगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।
यस अघि चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाएकाहरुको लागि दोस्रो डोज खोप दिन लागेको महर्जनले बताए ।
महानगरपालिकाले २९ वटै वडाहरुमा खोप केन्द्र राखेर सकेसम्म कम भिडभाड हुने गरी खोप कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।