मन्त्रिपरिषद् बैठक बस्दै, कोरोना नियन्त्रण गर्न थप निर्णय हुनसक्ने

961SHARES

३ जेठ, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक सोमबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको हो ।

यो नियमित बैठक भएको एक मन्त्रीले जानकारी दिए । आजको बैठकमा कोभिड–१९ संक्रमणका विषयसहित नियमित कार्यसूचीमा छलफल हुने बताइएको छ ।

सोमबार प्रधानमन्त्री ओलीसहित सीसीएमसीको बैठकको बसेको थियो । उक्त बैठकले दिएका सुझावसहित कोभिड रोकथाम र नियन्त्रणका विषयमा आजको बैठकमा थप निर्णय हुने ती मन्त्रीले बताए ।

छुटाउनुभयो कि?

सम्पूर्ण