१७ वैशाख, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्न लागेका छन् ।
कोरोना महामारीबारे सरकारको ध्यानाकर्षण गर्न देउवाले बुढानिलकण्ठस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको उनका सहयोगी भानु देउवाले बताए ।
कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी काम नगरेको कांग्रेसले आरोप लगाउँदै आएको छ।
कांग्रेसले सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वमा कोरोना अनुगमन समिति पनि गठन गरेको छ।