विराटनगर, फागुन ३
पूर्वकी महिला उद्यमी निरा जोशीलाई इटहरीमा सम्मान गरिएको छ । नेपालकै शीर्र्ष २० महिला उद्यमीमा पर्न सफल मोरङको केराबारीकी जोशीलाई इटहरीमा आयोजित प्रि भ्यालेन्टाईन रेड कार्पेट फेशन सो मा सम्मान गरिएको हो ।
उनलाई उद्यमीहरु लक्ष्मी चौधरी, नविन रिजाल, दिलिप घोष, अन्जान केसी, एक नम्बर प्रदेशसभा सांसद विन्द्या कार्की लगायतले सम्मान गरेका थिए । कार्यक्रममा नायिका केकी अधिकारी, बेनिशा हमाल लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको ब्यवस्थापन इनोभेटिभ एड एजेन्सीले गरेको थियो ।