२१ चैत्र, विराटनगर ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माधवकुमार नेपाल नेतृत्वको बागी समूह अध्यारो सुरुङमा फसेको बताएका छन् ।
सुरुङमा फसेको नेपाल समूहको बाहिर निस्कने र अगाडि जाने ठाउँ नै नभएको उनको प्रतिक्रिया छ ।
‘माधवकुमार नेपाल नेतृत्वको बागी समूह अँध्यारो सुरूङमा पसेको छ,’ सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘जसको बाहिर निस्कने अगाडि ठाउँ नै छैन, पछि फर्किन त झनै मिल्दैन’ ।
उनले नेपाल पक्षलाई संयमित हुन पनि आग्रह गरेका छन् । अन्यथा विजोग हुने उनको भनाइ छ ।
‘साथमा न पार्टी, न चुनाव चिन्ह, न त राजनीति नै छ, गुट, समानान्तर रवैया र आत्मनिन्दाको सर्वनाशको बाटो त्यागी संयमित हुन जरूरी छ। नभए बिजोग होला है’ उनले लेखेका छन् ।