३ असार, काठमाडौँ ।
मालपोत कार्यालय डिल्लीबजारका ६ जना कर्मचारीलाई घूससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार अपरान्ह उनीहरुलाई ८ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा मालपोल अधिकृत रघुवंश कँडेल, नायब सुब्बा उद्धव सापकोटा, र गोपाल खड्का खरिदार दीपक खनाल, नवराज घिमिरे, नारायप्रसाद पोखरेल रहेका आयोगका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।
लकडाउनका कारण बन्द रहेका देशभरका मालपोत कार्यालयहरु आइतबारदेखि मात्र खुलेका थिए । उनीहरु मालपोत खुलेको दुई दिन पछि नै घुससहित पक्राउ परेका हुन् ।