मुगुका किशोरीलाई फुटबल प्रदान

३२ असार ७५, मंगलबार

काठमाडौँ, साउन १

स्पेनमा भएको फुटबल प्रतियोगिताबाट फर्केर आएका मुगुका किशोरी खेलाडीको समूह ‘रारा टिम’ लाई फुटबल र जुत्ता प्रदान गरिएको छ ।
अन्तर्राष्ट्रिय कम्पनी ‘केल्मी ब्राण्ड’का नेपाल निर्देशक उत्तम नेपालले आज यहाँ आयोजित कार्यक्रममा मुगुका १७ फुटबल खेल्ने किशोरीलाई एक–एक वटा फुटबल र एक–एक जोर जुत्ता प्रदान गरेका हुन्।

उनले स्पेनमा फुटबल खेल्न जाँदा फुटबल सामग्रीको अभावले राम्रोसँग तयारी गर्न नपाएकाले अहिले ती सामग्री प्रदान गरिएको र खेलाडीले राम्रोसँग फुटबल खेले अन्य सहयोगसमेत गरिने बताए ।

“हामीसँग पहिले फुटबल सामग्री भएको भए स्पेनमा पनि राम्रोसँग खेल्ने थियौँ”, खेलाडी भाग्यलक्ष्मी भामले भने, “अब फुटबल र जुत्ताजस्ता सहयोगले प्रेरणा मिलेकाले विदेशीसँग जित्नेगरी खेल्ने छौँ ।”

स्पेन लैजान व्यवस्थापन गर्नुभएका सुनकली डकुमेन्ट्री प्रालिका निर्देशक भोजराज भाटले फुटबल सामग्रीले खेलाडीमा मनोबल बढाएको बताए ।

केही दिनअघि स्पेनमा भएको ‘डोनस्टिक कप इन्टरनेशनल’ प्रतियोगितामा बार्सिलोना, रियल मेड्रिट, एथलेटिक्स क्लब विलवाहुलगायत विदेशी क्लबसँग नेपालको रारा टिमले खेलेको थियो । प्रतियोगितमा विश्वका ६३० समूहका आठ हजार खेलाडी सहभागी थिए ।

रासस

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top