मेलम्चीका साँढे चार सय बढी बाढी प्रभावित अस्थायी बासस्थानमा

४ असार, काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्ची बजारमा बाढीले विस्थापित बनाएकाहरुलाई मेलम्ची नगरपालिकाले खानाको व्यवस्था गरेको छ ।

मङ्गलवार राति आएको बाढीले विस्थापित भएकाहरुलाई समूह बनाएर विद्यालय भवन, सैनिक ब्यारेक तथा खाली जग्गामा पाल टाँगेर खाना खुवाउने व्यवस्था गरेको मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले जानकारी दिए ।

अहिले साँढे चार सय जनाभन्दा धेरैले नगरपालिकाले सञ्चालन गरेको मेसमा खाना खाइरहेको उनले बताए । मेलम्ची बजारका ७० भन्दा धेरै घर बाढीले बगाएको वा हिलोमा पुरिएका छन् ।

Advertisement

ती घरमा व्यवसाय गर्नेहरु तथा साना छाप्रा बनाएर व्यवसाय गर्नेहरु थुप्रै विस्थापित भएका र लगत सङ्कलनको काम भइरहेको मेयर अर्यालले बताए ।

विस्थापितहरु घर फर्कन सक्ने अवस्था नरहेकाले नगरपालिकाले अझै लामो समय खाना खुवाएर अस्थायी बासस्थानमा राख्नुपर्ने बाध्यता रहेको उनले बताए ।

Advertisement

विस्थापितमध्ये धेरैजसोलाई नगरपालिकाले अस्थायी बसोबासको व्यवस्था गरेको छ भने केही खाना खाएर आफन्तको घर तथा आफूहरुले बनाएका अस्थायी संरचनामा बस्न जाने गरेका छन् ।

आज मौसम केही सफा भएकाले लगत सङ्कलन तथा राहतका काममा केही सहजता भएको मेयर अर्यालले बताए । बाढीले मेलम्ची र हेलम्बुमा गरी १० वटा झोलुङ्गे पुल, ६ वटा पक्की पुल र सात वटा ट्राउट माछा फार्म बगाएको छ ।

मेलम्ची खानेपानी आयोजना र निर्माणाधीन मुनलाइन हाइड्रोपावरमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

व्यक्तिका घर तथा व्यवसाय तथा बालीनालीमा भएको क्षतिको तथ्याङ्क सङ्कलन भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top